
मिर्मिरे लघुवित्त वित्तीय संस्था Mahila Sahayatra Microfinance Bittiya Sanstha Limited ले नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती (एक्विजिशन ) गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।
यसअघि स्वेडा लघुवित्तलाई प्राप्ती गरी एकिकृत कारोवार सञ्चालन गरीसकेको मिर्मिरेले नागवेलीलाई प्राप्ती गरेपश्चात समायोजित चूक्ता पूँजी ३९ करोड ९८ लाख ७२ हजार ६४१.५० हुनेछ । त्यस्तै, शाखा संख्या जम्मा १०८ हुनेछन् ।
नेपालको पूर्वक्षेत्रका जिल्लाहरुमा नागबेलीको कारोवार सञ्चालन छ भने मध्य, पश्चिम र सुदूर पश्चिम क्षेत्रमा मिर्मिरेको शाखा सञ्जाल छ । शाखा कार्यालय नभएका जिल्लाहरुमा शाखा स्थापना गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ सोही बमोजिम शाखा विस्तार गर्ने कार्य भईरहेको छ ।
संस्थाले मर्जरलाई प्रभावकारी वनाउन थप मर्जर तथा एक्विजिशन कार्यलाई प्राथमिकतामा राखी अन्य उपयुक्त लघुवित्त संस्थाहरुलाई मर्जर तथा एक्विजिशनका लागि प्रयास गरेको लघुपवत्तले जानकारी दिएको छ । साथै, आवश्यक प्रक्रिया पुरा गरि एक महिना भित्र एकिकृत कारोबार समेत सञ्चालन गर्ने संस्थाले जनाएको छ ।