११ औँ वार्षिक उत्सवमा मिर्मिरेको रक्तदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 05:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha ले आज आफ्नो ११ औँ वार्षिक उत्सव कार्यक्रम मनाएको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरि सम्पूर्ण सरोकारी निकाय, नियमन निकाय, शेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई शुभकामना दिएका छन् ।

नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा नै रक्तदान कार्यक्रमको आयोजना पनि गरिएको छ । रक्तदान कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए । 

पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संस्थाहरुले निरन्तर कार्यक्रम गरिरहँदा पनि रगतको पुर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरेले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहज भएको नेपाल रेडक्रस सोसाइटी बनेपाका प्राविधिक राधा थापाले जानकारी गराईन् ।

कार्यक्रम संयोजक तथा संस्थाका योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरु तथा सहयोगी सबैलाई धन्यवादको साथमा सामाजिक कार्यक्रमहरु नियमित रुपमा संचालन हुँदै जाने बताएका छन् । 

कार्यक्रममा अध्यक्ष बोहरा संगै स्वतन्त्र संचालक प्रविण भट्टराईको उपस्थिती रहेको थियो । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved