आशा लघुवित्तमा मर्जरले किचलो, राष्ट्र बैंक कै कारण समस्या आएको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 11:51:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्त वित्तीय सस्थाका २०० बढी कर्मचारी सामुहिक राजिनामा दिएर आन्दोलनमा छन् । विभिन्न ११ बुँदे माग राख्दै उनीहरुले मङ्सिर १ गते सामुहिक राजिनामा बुझाएका हुन् ।

राजिनामा बुझाउने सबै कर्मचारी साविकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारी हुन् । राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्त मर्ज भएपछि आशा लघुवित्तको नामबाट एकिकृत कारोबार भएको हो ।

लघुवित्तमा समस्या आउनुमा मर्जरको किचलो रहेको बताइन्छ। साविक राष्ट्र उत्थानका एक उच्च अधिकारी कम्पनीमा समस्या आउनुमा राष्ट्र बैंक पनि दोषी रहेको बताउछन् । 

हेर्नुस् उनको नजरमा विवादका केहि मुख्य कारण :

१. विशेष साधारणसभाको निर्णय राष्ट्र बैंकले उल्ट्याउनु 

दुवै कम्पनीको विशेष साधारणसभाले मर्जरपछि बन्ने कम्पनीको नाम राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेड राख्नको लागि प्रस्ताव पारित गरेका थिए ।तर राष्ट्र बैंकले दुवै कम्पनीको विशेष साधारणसभाले पारित गरेको निर्णय विपरित कम्पनीको नाम 'आशा लघुवित्त वित्तीय संस्था लिमिटेड' राख्न निर्देशन दियो । आशा लघुवित्तमा हावी व्यक्तिहरुले राष्ट्र बैंकलाई प्रभावमा पारेर यो निर्णय गरेको साविक राष्ट्र उत्थानका कर्मचारीको आरोप छ । यस बारे उनीहरुले विरोध जनाउदै राष्ट्र बैंकको व्यवस्थापन र संचालक समितिलाई समेत ध्यानकर्षण पत्र लेखेपनि जवाफ नआएको उनीहरुको गुनासो छ ।

२. व्यवस्थापनमा किचलो 

मर्जरपछि साविक राष्ट्र उत्थानको तर्फबाट सीइओ नियुक्त भए । तर साविक आशा लघुवित्तमा करारमा रहेका बद्रि अधिकारीलाई एकैपटक स्थायी नियुक्ति दिएर डेपुटी सीइओ बनाईयो । साविक राष्ट्र उत्थान जगन्नाथ कुइकेल डेपुटी सीइओ हुने तय भएकोमा बद्रि अधिकारीलाई नियमावलीको व्यवस्था विपरित डेपुटी सीइओ बनाईएको साविक राष्ट्र उत्थानका कर्मचारीको आरोप छ । विज्ञापन नै नगरी करारमा नियुक्ति गरिएका व्यक्तिलाई डेपुटी सीइओ बनाएकोमा कर्मचारी अशन्तुष्टी छन् ।

३. संचालक समुहमा आशा समुह हावी 

मर्जरपछि सीइओ भएकी साविक राष्ट्र उत्थानकी जया लोहनीले संचालक समितिमा लागेको कुनै पनि प्रस्ताव पारित नगरिदिएको गुनासो कर्मचारीको छ । संचालक समितिमा आशा समुह हावी भएको र सुरु देखि नै राष्ट्र उत्थानलाई उपेक्षा गरेकोले सीइओ नै एक्लो भएर राजिनामा दिनु परेको कर्मचारी बताउछन् ।

यस्ता छन् आन्दोलनरत कर्मचारीले राखेका ११ बुँदे माग :

यस्ता छन् कर्मचारीहरुका माग जस्ताको तस्तै:

१) मितिः २०८० / ०३ / ३१ देखि स साबिक आशा लघुबित्त वित्तीय संस्था लि.ले राष्ट्र उत्थान लघुबित्त बितिय संस्था लि लाई प्राप्ति पश्चात आशा लघुवित्त वित्तीय संस्था लि. को नाममा नामाकरण भई सम्पुर्ण निति नियम आशा लघुवित्तको रही एकिकृत कारोबार सञ्चालन भएको चार महिनाको कारोबार समाप्त हुदा समेत कर्मचारी सेवा सुबिधा समायोजन नभएको हूंदा मितिः २०८०/०८/०१ देखि लागु हुने गरी सम्पुर्ण सेवा सुबिधा समायोजन गरिनु पर्ने तथा साबिक राष्ट्र उत्थानमा खाईपाइ आएको ग्रेडलाई पैसामा नभइ ग्रेडमै कायम गरिनु पर्ने ।

२) आन्तरिक बढुवा गर्दा संस्थामा आबद्ध भएको समय, कार्य अनुभब र संस्था प्रती गरेको योगदानको आधारमा नभई साबिक राष्ट्र उत्थानले मितिः २०८० / ०३ / २९ गते कर्मचारी श्याम कुमार श्रेष्ठको बढुवाको निर्णय कुन निति तियममा रही, कुन किसिमको मुल्यांकनको आधारमा र के को तालमा गरिएको हो ? सोको स्पस्टिकरण कार्यकारी निर्देशकले दिनुका साथै विगत १०/१२ वर्ष देखी संस्थामा संस्थाको उदेश्य प्राप्तीको लागी योगदान गर्दा त्यस्ता किसिमका कर्मचारिहरुको कुनै मुल्याङकन नहुने र अवसर दिनु नपर्ने यस्तो निति विपरित मनोमानी ढंगले गरिएको निर्णय मान्य नहुने भएकोले तत्काल उल्ट्याई फिर्ता लिनुपर्ने । आगामी दिनमा कुनै थप जिम्मेवारी प्रदान गर्दा वा बढुवा गर्दा सर्व प्रथम कार्य अबधी र योग्यताको आधारमा गरिनु पर्ने ।

३) एकिकृत कारोबार संञ्चालन भएपश्चात केन्द्रीय कार्यालयबाट साविक राष्ट्र उत्थानको शाखा कार्यालयहरु अनुगमन गर्ने क्रममा आगामी दिनमा निति नियम अनुसार संस्थाको कार्यक्रम संञ्चालनमा एकरुपता ल्याई संस्थाको उद्देश्य प्राप्ती गर्नको लागि कर्मचारीहरुमा हौसला प्रदान गर्नु पर्नेमा मादक पदार्थको सेवन गरी कार्यालय प्रवेश गरेको, संस्थाको बिधुतिय हाजिरी निर्देशिका अनुसार कार्यालय समय पश्चात शनिवारको दिन विदाको दिन अनावश्यक विषयमा जुन केन्द्रिय कार्यालयको निर्देशन विना शाखाले गर्न नपाईने कुरामा समेत निहु खोज्ने महिला कर्मचारीहरुलाई समेत गाली गलोज गर्ने, अपशब्दहरु प्रयोग गर्ने, कर्मचारीहरुको फोन खोस्ने जागिर छोड्न प्रेशर गर्ने लगायतका निन्दनिय कार्यहरु गरेकोले त्यसको घोर भत्सना गर्दै सहायक निर्देशक श्री बद्री प्रसाद दुलाल र शाखा संञ्चालन तथा तालिम बिभागका बिभागिय प्रमुख श्री पुस्कर मिश्रले राजिनामा दिनुपर्ने।

४) कर्मचारी बदुवा घटुवा सरुवा नियुत्ती गर्दा पुर्ण रुपमा विनियमावलीमा तोकिए बमोजिम गरिनु पर्नेमा मनलाग्दी तवरले कुनै कर्मचारीलाई पांच वर्ष सम्म आफ्नो पाएक पर्ने शाखामा राख्ने र कुनै कर्मचारिलाई ६/६ महिनामा सरुवा गर्ने जस्ता कार्य के को आधारमा गरियको हो सो कार्य तत्काल बन्द गरी लामो समय देखी एउटै शाखा वा उपत्यका भित्र रहेकालाई समेत उपत्यका बाहिर मितिः २०८० /०८/०१ देखिनै गर्ने ब्यबस्था मिलाउनु पर्ने । साथै मिति २०८० असोज महिनामा गरिएको सरुवा र घटुवा कुन निति निएमको आधारमा गरिएको हो ? त्यसको जवाफ संम्बन्धित निकायले दिनुका साथै तत्काल उल्टाई फिर्ता लिनु पर्ने ।

५) कर्मचारिको सरुवा एक शाखामा दुई बर्ष पुरा पश्चात गरिनु पर्ने यसरी सरुवागर्दा दुर्गम तथा सुगम भेग छुट्याई दुर्गममा रहनेलाई दुर्गम भत्ताको ब्यबस्था गरिनुका साथै शाखा कार्यालयमा सरुवा भई आउने तथा जाने कर्मचारीहरुको वारेमा सम्वन्धित शाखा प्रबन्धकलाई जानकारी पस्चात गरिनु पर्ने र सरुवा भई टाढा गएका कर्मचारीहरुलाई सरुवा भई जाने कार्यालयमै बस्ने ब्यबस्था मिलाउनु पर्ने ।

६) संस्थाको नितिगत निर्देशनलाई इमेलको प्रयोग नगरी सामाजिक संजाल (भाईबर) को प्रयोग दिन प्रतिदिन बढाउदै गएकोले सामाजिक संञ्जाल तत्काल बन्द गरी संस्थाको नितिगत निर्देशन इमेल मार्फत दिने पालना गर्ने गराउने गर्नु पर्नेमा यस्ता गएरकानुनी तवरले कर्मचारिहरुलाई मानसिक तनाव दिने कार्यको भत्सना गर्दै आजकै मिति देखी (भाईबर) मार्फद गरिएका निर्देशनको पालना नगरिने र बन्द गरिन पर्ने ।

७) कुनै पनी आधिकारिक निर्देशन बिना फोन तथा भाईबरको प्रयोग मार्फत अनावश्क रुपमा टार्गेटको बाहानामा दिइने प्रेशरमा मासिक टार्गेट NPL घटाउने बाहानामा लामो समय देखी खराब बर्गमा परेका सदस्यहरुको No Hit रिपोटको प्रयोग गरी खराब सदस्यलाई लगानी देखाई अनावश्यक कर्जाको भार पारी कर्जा थप गरी बचतमा राखी कर्जा तथा बचत वृद्धि देखाई कर्मचारीहरुलाई प्रतिबद्धता गर्न लगाई गएरकानुनी कार्य गर्दै आएकोले यस्ता गतिबिधि तत्काल बन्द गरी बैकल्पिक माध्यमको खोजी गर्नु पर्ने । यस्तो किसिमको गएर कानुनी कार्यको भागी एक परिवारको भरोसा रहेको निर्दोश कर्मचारिमा पर्ने कारण सोको बारेमा बेलैमा सचेत हुन संम्बन्धित सबैमा ध्यानाकर्षण गराईन्छ ।

८) विनियमावलिमा उल्लेख भए अनुसारको शैक्षिक योग्यताको आधारमा विभागिय प्रमुख नियुक्ती गरिनु पर्ने । र भए नभएको तत्काल छानविन गरी मितिः २०८० /०८/०१ देखी लागु गर्नु पर्ने ।

९) कर्मचारी सेवा विनियमावली र संस्थाको विधुतिय हाजिरी कार्यविधिको परिच्छेद २ को उपविनियम ४.२ वमोजिम कार्यालय समयको पुर्णरुपमा पालना गर्नु पर्ने तथा शनिवार, सार्वजनिक बिदाको दिन काममा लगाउन नपाउने यदी काममा लगाउनु पर्ने आवश्यकता भएमा अतिरिक्त भक्ता वा सट्टा विदाको व्यवस्था हुनुपर्ने र प्रदेश सरकारको विदालाई समेत पुर्ण पालना गर्नु पर्ने ।

१०) एकातिर मासिक लक्ष्य प्रगतिको बाहानामा (Target V/S Achipment) मा उल्लेख भए अनुसारको लक्ष पुरा गर्ने प्रतिबद्दता गर्नु पर्ने भनी माथिल्लो निकायवाट प्रेषर दिने आर्कातिर मासिक रुपमा शाखा प्रबन्धकले २० वटा केन्द्र निरिक्षण रिपोट ४० वटा कर्जा सदुपयोगिता रिपोट अनिवार्य गर्नु पर्ने अनावश्यक रुपमा विविध शिर्षकको रजिस्टर खडा गर्न लगाई समय तथा कार्यालय खर्चमा वृद्धी भएको तर्फ कुनै चासो नदिने फिल्ड कर्मचारिहरुलाई दैनिक रुपमा बिहान ७:३० देखी बेलुकी ५:०० बजे सम्म फिल्डमा कुदाउने जुन कुराको असर दैनिक रुपमा कार्यालयको कार्य सम्पादनमा परेको तर्फ कुनै चासो नदिने र अनावस्यक रुपमा अनुगमन अधिकृतलाई रिपोट मात्र तयार पार्न लगाई एउटै शाखामा २ दिन बसाली होटलमा बस्न खान लगाई भएको खर्च र उपलब्धि को कुनै हिसाब नराखी गरेको कार्यप्रति ध्यानाकर्षण गराईन्छ ।

११) विगत १ बर्ष देखी साविक राष्ट्र उत्थानमा नियुत्ती गरिएको सम्पुर्ण तालिमे कर्मचारिहरु लाई मितिः २०८०/०८/०१ देखी लागु हुनेगरी स्थायी नियुक्त्ती दिनु पर्ने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved