विभिन्न कार्यक्रम गर्दै लक्ष्मी लघुवित्तले मनायो वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 04:31:51 PM मा प्रकाशित

laxmi  sunrise bank

आज मङ्सिर १४ गतेदेखि लक्ष्मी लघुवित्त वित्तीय संस्था  १३ औं वर्षमा प्रवेश गरेको गरेको छ ।  १३औं वार्षिकोत्सवको अवसरमा संस्थाको विभिन्न शाखाले सप्ताह व्यापी वित्तीय साक्षरता कार्यक्रम गरेका छन्।

कम्पनीका अनुसार पर्सा जिल्लाको बडनिहार शाखाले ३३ जना ग्राहक सदस्य र अभिभावकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । बर्दिया जिल्लाको टेडियाबजार शाखाद्धारा ५५ जना ग्राहक सदस्य र अभिभावकहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । त्यस्तै, सर्लाही जिल्लाको गैरबजार शाखाद्धारा श्री बाल गाबिन्द मा.वि. कक्षा १० मा अध्ययनरत ५९ जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता तालिम गरेको छ । दोलखा जिल्लाको चरिकोट शाखाद्धारा कुटिडाँडा मा.वि. का कक्षा ९ मा अध्ययनरत ६१ जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।

लघुवित्तले १३औँ वार्षिकोत्सवको अवसरमा संस्थाको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved