आशा लघुवित्तमा विवाद समाधान, आन्दोलनरत कर्मचारीसँग १६ बुँदे सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 08:40:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आशा लघुवित्तमा कर्मचारी र व्यवस्थापनबीच देखिएको विवाद अन्त्य भएको छ  । मङ्सिर १७ गते आइतबार लघुवित्तको व्यवस्थापन र कर्मचारी प्रतिनिधिबीच भएको वार्तापछि १६ बुँदे सम्झौता भएको छ  । १६ बुँदे सम्झौता संगै कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ  ।

वार्तामा व्यवस्थापनको तर्फको नेतृत्व बद्रि प्रसाद अधिकारीले गरेका थिए भने आन्दोलन कर्मचारीतर्फको नेतृत्वको दिपेश बुढाथोकीले गरेका थिए  । वार्तापछि भएको १६ बुँदे सहमति कार्यान्वयन गर्न गराउन कामु सीइओ बद्रि दुलालले लिखित प्रतिवद्धता जनाएका छन्  । 

यस संगै मङ्सिर १ गतेदेखि लघुवित्तमा सुरु भएको कर्मचारीको आन्दोलन अन्त्य भएको छ । मङ्सिर १ देखि साविक राष्ट्र उत्थान लघुवित्तका १९७ जना कर्मचारीले विभिन्न माग राख्दै सामुहिक राजिनामा दिएपछि लघुवित्तमा विवाद सुरु भएको थियो  । अब भने १६ बुँदे सम्झौतापछि विवाद अन्त्य भएको छ  ।

यस्तो छ १६ बुँदे सम्झौता:

१. मागका विषयहरुको बुँदा नं. १ माथि छलफल गर्दा कर्मचारीको तलव भत्ता सम्बन्धमा संयुक्त मर्जर समितिको निर्णयानुसार
संयुक्त कारोबार गरेको मितिबाट १ वर्ष भित्रमा समान गर्ने भनिएता पनि २०८० फाल्गुण १ गते देखि वा वित्तीय संस्थाको वासलात सकारात्मक देखिएको अर्को महिनाको १ गते देखि लागु हुने गरी समायोजन गर्ने । ग्रेडको सन्दर्भमा वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली अनुसार समायोजन गरिएको अवगत भयो ।

२. मागका विषयहरुको बुँदा नं. २ सम्बन्धमा हालको जिम्मेवारी हेरफेर गरी उचित व्यवस्थापन गर्ने ।

३.. मागका विषयहरुको बुँदा नं. ३ र ७ स्वतः खारेजी गर्ने र का.मु. प्रमुख कार्यकारी अधिकृत श्री बद्री प्रसाद दुलालबाट आन्दोलनको समयमा भए गरेको कुरालाई आधारमानी कुनै पनि कर्मचारी प्रति कुनै पनि समयमा हुनसक्ने सम्भावित कारवाहि हुन नदिन वार्ता समितिको तर्फबाट प्रतिबद्धता गर्ने । साथै संस्थागत गोपनियताको पूर्ण पालना गर्ने ।

४. मागका विषयहरुको बुँदा नं. ४ माथि छलफल गर्दा कर्मचारीहरुको सरुवा सम्बन्धमा सरुवा नीति बनाई ३ महिना भित्र कार्यान्वयन गरिने तथा बढुवा गर्दा आन्तरिक बढुवा कार्यविधि-२०७८ अनुसार गर्ने व्यवस्था मिलाउने । साथै २०८० असोज महिनामा सरुवा भएको कर्मचारी मध्ये कोही कसैलाई अन्याय परेको हकमा आगामी ३ महिना भित्र मिलाउने ।

५. मार्गका विषयहरुको बुँदा नं. ५ माथि छलफल गर्दा आगामी सेवा सुविधा वृद्धि गर्ने क्रममा शाखा कार्यालयहरुलाई सुराम/दुर्गम छुट्याई दुर्गम भत्ताको व्यवस्था गरिने छ ।

६. मागका विषयहरुको बुँदा नं. ६ माथि छलफल गर्दा वित्तीय संस्थाले भाईवर प्रयोग गरी सूचना प्रवाह गर्दा सकभर कार्यालय समय भित्र मात्र गर्ने ।

७. मागका विषयहरुको बुँदा नं. ८ माथि छलफल गर्दा आगामी दिनमा विभागीय प्रमुख नियुक्त गर्दा कर्मचारी सेवा विनियमावली बमोजिम नै गर्ने व्यवस्थालाई निरन्तरता दिईने ।

८. मागका विषयहरुको बुँदा नं. ९ माथि छलफल गर्दा कर्मचारी सेवा विनियमावली र वित्तीय संस्थाको विद्युतिय हाजिरी बमोजिम तथा सार्वजनिक विदाको सन्दर्भमा नेपाल राष्ट्र बैंकको विदाको सूचीलाई आधार मानि संचालक समितिले तोके बमोजिम नै हुने ।

९. मागका विषयहरुको बुँदा नं. १० माथि छलफल गर्दा सो विषयमा व्यवस्थापनको ध्यानाकर्षण भएको तथा आगामी दिनमा परिमार्जनको व्यवस्था मिलाईने ।

१०.मागका विषयहरुको बुँदा नं. ११ माथि छलफल गर्दा विगत १ वर्ष देखि साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थामा नियुक्त भएका तालिमे कर्मचारीहरुलाई कार्यसम्पादन मूल्यांकनको आधारमा ३ महिना भित्र नियुक्ति दिने व्यवस्था मिलाईने ।

११. आजैको मितिबाट साविक राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुले गरेका सम्पूर्ण बन्द हडताल, तालावन्दी लगायतका गतिविधि बन्द गरी, सामूहिक राजिनामा फिर्ता लिई मिति २०८०/०८/१८ गते देखि कार्यालयमा हाजिर भई नियमित काममा फर्कने तथा वित्तीय संस्थाको खराव कर्जा असुलीमा दत्तचित्त भई लाग्ने ।

१२. आशा लघुवित्त वित्तीय संस्थाका जुनकुनै कर्मचारीहरुको आवश्यक प्रकृया पुयाई स्वतः बढुवा गरेमा समेत कुनै बाधा व्यवधान तथा विरोध नगर्ने ।

१३. आन्दोलित कर्मचारीहरुको आन्दोलन अवधिको विदा सम्बन्धमा विना भत्ता काज विदा कायम गरिने र आन्दोलनमा लिखित समर्थन नगरेको र कार्यालयमा हाजिर नभएको कर्मचारीको हकमा यस व्यवस्था लागु हुने छैन ।

१४. आन्दोलनको विषयलाई लिएर व्यवस्थापन र कर्मचारी दुवैको तर्फबाट आन्दोलन अवधिमा भए गरेको विषयलाई लिएर कुनै पनि रिसराग नराखि कार्य गर्ने गराउने । आर्थिक हिनामिनाको विषयमा यस बुँदा लागु हुने छैन ।

१५. आन्दोलनरत कर्मचारीहरुलाई मिति २०८०/०८/०५ र २०८०/०८/१४ गते काटिएको पत्र सम्बन्धमा कुनै पनि प कारवाही नगर्ने ।

१६. आगामी दिनमा कुनै पनि कर्मचारीको व्यक्तिगत मानहानी हुने किसिमको गतिविधि संचालन नगर्ने तथा विदा प्रमाण कोही कर्मचारीको विरुद्धमा माग नराख्ने। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved