बर्दिबासमा स्वस्तिक लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 01:12:19 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्तको बर्दिबास शाखाले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बुधबार बर्दिबास नगरपालीकाको वडा नं.१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तहका विध्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । 

उक्त कार्यक्रममा सोही क्याम्पसका प्रमुख चेत बहादुर खडका तथा स्वस्तिक लघुवित्तका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण, मानव संसाधन विभाग प्रमुख सन्तोष कुमार साहको उपस्थिति रहेको बर्दिबास शाखाका शाखा प्रमुख संगिता कार्कीले जानकारी दिए ।

 शाखाले आफना ग्राहक सदस्यहरुलाई विभिन्न समयमा आयमुलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम मार्फत वित्तीय ज्ञान विगत देखि नै प्रदान गर्दै आएको जनाएको छ।  वित्तीय साक्षरता कार्यक्रमले जनसमुदायमा बैंकिंग कार्यक्रम र आर्थिक कारोबारको व्यवस्थापन सम्बन्धी मात्र जानकारी प्रदान नगरी हालको बैंकिग क्षेत्रबाट जनसमुदायलाई भएको सकारात्मक र नकारात्मक प्रभावको बारेमा समेत अध्ययन गर्ने भएकोले अबका दिनमा विध्यार्थीवर्ग तथा अभिभावकहरुमा समेत वित्तीय साक्षरताको आवश्यकता भएकोले हामीले यो कार्यक्रम संचालन गरेको कम्पनीले जनाएको छ । 

यस्ता कार्यक्रमलाई निरन्तरता दिने शाखा प्रमुख संगिता कार्कीले जानकारी दिएकी छिन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved