लघुवित्त बैंकर्स संघको साधारणसभा आह्वान, नयाँ नेतृत्व चयन हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2023 | 08:42:15 AM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाका सीइओहरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघले साधारणसभा आह्वान गरेको छ। संघले पुस ६ गते शुक्रबार एभरेष्ट होटेलमा साधारणसभा आह्वान गरेको हो ।

साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्ने छ । हाल संघको नेतृत्व कार्यबाहक अध्यक्षको रुपमा रहेका राम बहादुर यादवले गरिरहेका छन् । उनी नेशनल माइक्रोफाइनान्सका सीइओ हुन् ।

साधारणसभामा  आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आ.व. २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने, आ.व. २०८०/८१ को वार्षिक कार्यक्रम तथा बजेट छलफल गरि पारित गर्ने, आ.व. २०८०/८१ को लागि लेखा परीक्षक नियुक्ति गर्ने तथा पारिश्रमिक तय गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved