लहानमा स्वस्तिक लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 05:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्तको भोटियाटोल शाखाले वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । शुक्रबार लहानमा स्थित जे.एस.मुरारका बहुमुखि क्याम्पसमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरुको सहभागीतामा वित्तीय साक्षरता तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ । 

उक्त कार्यक्रममा सोही क्याम्पसका सहायक प्रमुख सजन कुमार साह तथा स्वस्तिक लघुवित्तका विभागीय प्रमुखहरु भगवानी साह, सन्तोष कुमार साह र रमेश लाल कर्णकोे उपस्थिति रहेको भोटियाटोल शाखाका शाखा प्रमुख स्वतन्त्र कुमार सिंहले जानकारी दिए ।

धनिवर्गीय परिवारको जीवन शैलीसँग प्रभावित भई मध्यमवर्गीय परिवारले पनि आफनो जीवनमा अनावश्यक खर्चहरु गर्न थाल्दा के कस्ता वित्तीय समस्याहरु पर्छ साथै आफनो जीवनमा वित्तीय व्यवस्थापन कसरी गर्ने, बैंक तथा वित्तीय संस्थाहरुसँग आर्थिक कारोबार कसरी गर्ने, कर्जाको किस्ता समयमा भुक्तानी नगर्दा परिवारमा के कस्ता समस्याहरु पर्छ जस्ता बिषयवस्तुमा आधारित भई ७० जना भन्दा बढि विद्यार्थीहरुको उपस्थितिमा वित्तीय साक्षरता कार्यक्रम गरिएको संचालन गरिएको जानकारी भोटीयाटोल शाखाका शाखा प्रमुख स्वतन्त्र कुमार सिंहले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved