एनआईसी एशिया लघुवित्तको विद्यार्थी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 04:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्त वित्तीय सस्था लिमिटेडले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले १४ गते बिहिवार देखि यता सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद  शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर महिनामा सो कार्यक्रम सम्पन्न गरेको लघुवित्तले जनाएको छ । विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले यस लघुवित्त वित्तीय सस्थाले दर्जन बढि बिद्यालयहरुका ३०० बढि विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको जनाएको छ ।

लघुवित्तले बालबालिका र युवा वर्गलाई लक्षित गरि यसपटकको वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको जनाएको छ । वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबारबारे अनविज्ञ बिद्यार्थीहरुलाई केन्द्र बिन्दुमा राखेर विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने यस कार्यक्रम मूल उदेश्य रहेको लघुवित्तले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved