स्वस्तिक लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 04:59:45 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्तले सप्तरीको पातो शाखा मार्फत आफना सेवाग्राही, जनसमुदाय, तथा स्थानिय जनप्रतिनिधिहरुको उपस्थितीमा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

डाक्नेश्वरी नगरपालिकाको उपमेयर मिरा देवी यादबको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न कार्यक्रममा सोही नगरपालीकाको १ देखि १० नं. सम्मको वडाअध्यक्ष, डाक्नेश्वरी ईलाका प्रहरी कार्यालयको कार्यालय प्रमुख  शिव कुमार शर्मा तथा स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालयबाट सिईओ धिरेन्द्र लाल कर्ण, विभागीय प्रमुख भगवानी साह र १३५ जना स्थानियहरुको उपस्थितीमा पातो शाखाले गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको जानकारी शाखा प्रमुख संजिव कुमार यादबले दिए ।

उक्त कार्यक्रममा यस वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतले स्वस्तिक लघुवित्तको वित्तीय अवस्था, प्रदान गरिने सेवासुविधा, सामाजिक क्षेत्रमा गर्दे आएका कार्यक्रमहरु, हालको अवस्थामा देखिएका चुनौतीहरु र भविष्यका भएका अवसरहरु बारे प्रकाश पारेका थिए भने डाक्नेश्वरी नगरपालीकाको उपमेयर मिरा देवी यादवले केही ऋणीहरुको नकारात्मक धारणाका कारण बचतकर्ता तथा लघुवित्त संस्था धरासायी भईरहेको र त्यसको प्रत्यक्ष असर सम्पुर्ण जनसमुदायमा परेको बताए ।

लघुवित्त विरुद्ध कुनै पाईला चाल्नुभन्दा पहिला विगतलाई सम्झाउदै जुन समयमा महिलालाई समाजमा कसैले विश्वास गरेका थिएननन उक्त समयमा लघुवित्तले नै विश्वास गरेको कार्यक्रमका वक्ताको भनाई छ । थोरै रकमका लागि साहुमहाजनको अगाडी हामी झुक्किरहनु परेको अवस्थामा लघुवित्त कार्यक्रमले नै हामीसँग आर्थिक कारोबारको हातेमालो गरेको कार्यक्रमका वक्ताले बताए ।

जन्म आमाबुवाले दिएपनि वित्तीय ज्ञान, तथा समाजमा आफनो विचार व्यक्त गर्ने क्षमता लघुवित्त कार्यक्रमले नै दिएको भन्दै लघुवित्त संस्थाहरुले पनि आफनो कमिकमजोरीलाई पहिचान गरी बिगत झै जनसमुदाय र लघुवित्त संस्था विचको सम्बन्ध कायम गर्न आवश्यक रहेको शाखा प्रमुख संजिव यादबले विजपाटीलाई जानकारी गराएका छन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved