
नेपाल राष्ट्र बैंकले सामुदायिक लघुवित्त र बिपीडब्लु लघुवित्तबीचको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ। राष्ट्र बैंकले आज माघ २४ गते विभिन्न शर्त सहित मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।
मर्जर पश्चात कम्पनीको नाम सामुदायिक लघुवित्त हुने छ भने केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहने छ । सामुदायिक लघुवित्तले बिपीडब्लुलाई गाभेको हुनाले संस्थाको लेटरप्याडमा 'सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई गाभेको' भन्ने व्यहोरा उल्लेख गर्नु पर्नेछ ।
१००: ०.८५३५ को अनुपातमा राष्ट्र बैंकले मर्जरको लागि स्वीकृति दिएको हो । जस अनुसार सामुदायिक लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले १०० कित्ता नै शेयर पाउने छन् भने बिपीडब्लु लघुवित्तका १०० कित्ता शेयर हुने शेयरधनीले ८५.३५ कित्ता शेयर पाउने छन् ।
राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेसंगे अब एक महिना भित्र एकिकृत कारोबार सुरु गर्नु पर्ने छ ।