सुर्खेतमा लघुवित्तका कर्मचारीमाथि आक्रमण, संघको गम्भीर ध्यानाकर्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2024 | 01:58:31 PM मा प्रकाशित

laxmi sunrise bank

लघुवित्तका कर्मचारीमाथि आक्रमण भएको घटना प्रति नेपाल लघुवित्त बैंकर्स संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता आक्रमणका घटना रोक्न पनि संघले आग्रह गरेको छ।

संघका अनुसार  २०८० /१०/२५ गते गुर्भाकोट नगरपालिका वडा नं.८ स्थित डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड मेहेलकुना, सुर्खेतमा कार्यरत शाखा प्रबन्धक  दिपेन्द्र कट्टेलमाथि उणको कार्यकक्षमा गई विना कुनै कारण कथित कान्तिकारी युवा संगठन नेपालद्वारा जनकारवाहिको संज्ञा दिदै कालोमोसो दल्ने तथा हातपात गर्ने जस्तो जगन्य अपराध र अराजक गतिविधि गरेका थिए।

यस्ता अवाञ्छित गतिविधिले ग्राहकहरु तथा विपन्न वर्गले वित्तीय सेवा सहज रुपमा पाउने अधिकारबाट वञ्चित हुन पुगेको सथौ ऐन, कानून बमोजिम स्थापित संस्थाहरुले कानून बमोजिम कारोबार गर्ने अधिकारबाट वञ्चित हुन पुग्ने संघले जनाएको छ । यस्ता अनाधिकृत गतिविधिहरुलाई तत्काल रोक्न सम्वद्ध पक्षलाई संघले अनुरोध गरेको छ ।

संघले भनेको छ 'यस प्रकारका अवाञ्छित गतिविधिहरुलाई तत्काल नियन्त्रण गरि अत्यावश्यक सेवा अन्तर्गत रहेको वित्तीय सेवा नियमित रुपमा सञ्चालनमा रहने वातावरणको लागि सहयोग पुरयाई दिनुहुन नेपाल सरकार, नेपाल राष्ट्र बैंक, स्थानीय सरकार तथा सम्वन्धित अन्य निकायहरुलाई हार्दिक अनुरोध गर्दछौं ।'


ग्राहक र संस्थाको बिचमा सुमधुर सम्बन्ध कायम गरी ग्राहक संरक्षणको आधारलाई मुख्य प्राथमिकतामा राखी सेवा प्रवाह गर्ने लघुवित्त वित्तीय संस्थाहरु सदैव दृढ रहेको पनि संघले जनाएको छ । साथै यस्ता किसिमका घटनाहरुबाट कत्ति पनि विचलित नभई आगामी दिनमा समेत निरन्तर रुपमा ग्राहक सदस्यहरुलाई अझ उत्कृष्ट सेवा उपलब्ध गराउने प्रतिवद्धता पनि संघले व्यक्त गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved