महुली लघुवित्तको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 07:18:02 PM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्तले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागी २ चरणमा सो कार्यक्रम सञ्चालन गरेको हो । 

संस्थाका अनुसार मंसिर १९ देखि २८ सम्म र माघ २३ देखि २८ गते सम्म चरण वद्धरुपमा कोशी प्रदेश र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गरिएको हो । २९ वटा जिल्लाको १०८ वटा स्थानमा सञ्चालन भएको कार्यक्रममा करिब १३ हजार भन्दा बढि स्थानीय, सेवाग्राही सदस्य, अभिभावक तथा बुद्धिजिविहरुको सहभागीता रहेको जनाइएको छ । 

कार्यक्रममा स्थानीय निकाय, नेपाल प्रहरी र संस्थाको त्रिपक्षिय संलग्नता रहेको थियो । कार्यक्रममा स्थानीय निकायले स्थानीय स्तरमा उपलब्ध तालिम, महिला उद्यमशिलता कार्यक्रम तथा अनुदानका कार्यक्रमहरु, लघुवित्त संस्थाको महत्तव, कर्जा सदुपयोगीताको बारेमा सहजिकरणको प्रशिक्षण दिइएको जनाइएको छ । 

 यस्तै नेपाल प्रहरीसँग सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लागू औषध दुव्र्यसनि, बाल बिबाह, महिला हिंसा न्यूनिकरण, वित्तीय अपराधका विषयमा जनचेतना सम्बन्धी जानकारी दिइएको संस्थाले उल्लेख गरेको छ । 

संस्थाले वित्तीय शिक्षा, बैंकका प्रकार, बचतको महत्तव, कर्जा सदुपयोगीता, वीमाको महत्तव, आम्दानी, इच्छा र आवश्यकता, खर्च, सफा नोट निति, उद्यमशिलता, महिला अर्थिक सबलिकरण, कार्जा मिनाहाको अफवा, मिथ्या सुचना, अनुचित लेनदेन लगाएतको विषय तथा संस्थाको सेवा सुविधा उत्कृष्ट बनाउन सुझाव, संर्घष तथा सदुपयोगीताको कथा लगाएतको विषयमा अन्र्तक्रियात्मक ढंगले तथा भिडियो प्रर्दशनी गरेर सहजिकरण गरिएको जनाएको छ ।

कार्यक्रममा सेवाग्राही सदस्यले कर्जा सदुपयोग गरि उत्पादन गरिएको सामाग्रीहरु प्रर्दशनी, बजार व्यवस्थापनको कठिनाईको विषय स्थानीय निकायसँग छलफल, उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान समेत गरिएको थियो । 

कार्यक्रमहरुमा स्थानीय निकायको तर्फबाट प्रदेश संसाद, नगर प्रमुख, नगर उप–प्रमुख, गउँपालिका प्रमुख, गाउँपालिका उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्यहरुको सहभागीता रहेको थियो । 

कार्यक्रमको बारेमा प्रष्ट पार्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डेले सदस्यहरुलाई सुचनाको हक स्थापित गर्न साथै संस्थासँग भएको अपेक्षा तथा गुनासो केन्द्रीय कार्यालयका कर्मचारीहरुको प्रत्यक्ष सहभागीतामा राख्न कार्यक्रमले मद्दत गरेको बताए ।

यस्तै उनले यस्ता प्रकृतिका कार्यक्रमहरुले महिलाहरुमा जागरुकता, बोल्ने बानिको विकास, स्थानीय स्तरमा उत्पादित बस्तुहरुको बजारिकणमा सघाउ साथै हाल समाजमा व्यप्त कर्जा मिनाहा तथा चन्दा आतंकका घटना लगाएतको विषयमा जनचेतना जगाउने विश्वास व्यक्त गरे । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved