नेरुडे मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता कार्याक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 07:24:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको उपशाखा कार्यालय बर्दिबासले केन्द्र प्रमुख गोष्ठी, वित्तीय साक्षरता साथै Global Money Week 2024 कार्याक्रम सम्पन्न गरेको छ।

कार्यालयको कार्य क्षेत्र भित्रका केन्द्र प्रमुखहरुलाई संस्थाको नियम अनुशार दिइने बार्षिक केन्द्रको परिचालन, संस्थाको निति नियम कर्जा बचत तथा वित्तीय साक्षरता साथै बैकिङ्ग कारोबार सम्बन्धी जानकारी दिइएको र कर्जाको भाखा नाघ्न नदिने, कालो सुचीमा पर्ने बारे सचेतना जगाइएको र नेपाल राष्ट्र बैंक बाट घ बर्गलाई गरेको निर्देशन र सदस्यहरुलाई उद्यमशिल बन्नका लागि आवश्यक पर्ने बिभिन्न सिप मुलक तालिमहरु लगायत बिषयहरुका बारेमा जानकारी गराउने उद्देश्यले कार्याक्रम आयोजन गरीएको संस्थाका प्रमुख राजेश कुमार खाँले बताएका छन् ।
उक्त कार्याक्रममा १०० जना भन्द बढि सदस्य साथै अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

बाल बालिका र युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै, वित्तीय ज्ञान सीप र मनोबृतीको बिकास गर्ने, बचत गर्ने बानीको बिकास गर्ने, वित्तीय अनुशासनको पालना गर्ने उद्देश्यले सन् २०२४ मार्च १८ देखि २४ (बि.स २०८० चैत्र ५ देखि ११) सम्म "Protect Your Money, Plant Your Future" भन्ने मुल नाराका साथ Global Money Week 2024 को १२ औं शृङखला मनाएको छ ।
उक्त कार्याक्रममा प्रमुख अतिथीको रुपमा त्यसै नेरुडे मिर्मिरे लघुवित्त बित्तीय संस्था लिमिटेड प्रदेश कार्यालय बर्दिबासका प्रदेश प्रमुख श्री बिक्रम शाह ज्युले वित्तीय अराजकता भैलाउनेको पछि नलाग्न कर्जाको दुरुपयोग नगरी आफ्नो वित्तीय अनुशान नबिगार्न समेत सुझाब दिएका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved