स्वस्तिक लघुवित्तको सहयोगमा निःशूल्क स्वास्थ्य शिविर सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 04:33:02 PM मा प्रकाशित

laxmi  sunrise bank

  स्वस्तिक लघुवित्त वित्तीय संस्थाले निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शनिवार नवराजपुर – २, मझौरा को वडा कार्यालयमा कम्पनीको आर्थिक सहयोगमा लहान सिटी जेसीजले एक दिने निःशूल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

विहान ९ बजेबाट सञ्चालन भएको शिविर अपरान्ह ४ बजे समाप्त गरिएको थियो । ४२१ जना व्यक्तिहरुले प्रत्यक्ष रुपमा उक्त शिविरबाट लाभ लिएको संस्थाका संचालन तथा मानव संसाधन विभागीय प्रमूख सन्तोष कुमार साहले जानकारी दिए ।

कम्पनीका अनुसार बरिष्ठ फिजिसियन डा. रितेश कुमार गिरी, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. गिता यादव, ल्याबका संचालक बिजय कुमार यादव, डा. खुश्बु साह, डेन्टल सर्जन डा. सुशान्त कुमार स्वतन्त्र र डा. विनिता गुप्ता सहितको डाक्टर तथा स्वास्थ्य कर्मीहरुको टोलिबाट उक्त शिविरमा सेवा प्रदान गरिएको थियो । साथै स्वस्तिक लघुवित्त वित्तीय संस्था लि. को विभागीय प्रमुख सन्तोष कुमार साह, वित्तविभागीय सहायक रमेश लाल कर्ण, भोटीयाटोल शाखाको शाखा प्रमुख स्वतन्त्र कुमार सिंह, त्यस शाखाको फिल्ड कर्मचारी प्रमोद यादव र कल्पना चौधरीको समेत सहभागिता रहेको कम्पनीले जनाएको छ।

उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि नवराजपुर वडा नं. २ को वडा अध्यक्ष सुरेश कुमार यादव प्रमुख अतिथिको रुपमा रहेका थिए ।  शिविरमा लहान सिटी जेसीजका अध्यक्ष जेसी उमेश कुमार यादव लगायत सहभागी थिए । समापन समारोहमा मन्तव्य राख्दै कार्यक्रमको संयोजक रुपेश पासमानले यस किसिमका स्वास्थ्यसँग सम्बन्धीत शिविर तथा कार्यक्रमहरु लहान सिटी जेसीज द्वारा भविष्यमा अझै पनि गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved