बैंकपछि एनआईसी एशिया लघुवित्तले ल्यायो ऋणीको लागि ब्याज छुट योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 08, 2024 | 12:50:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले पनि ऋणीहरुको लागि ब्याज छुट योजना ल्याएको छ । एनआईसी एशिया बैंकले आफ्ना ऋणीलाई ब्याज छुट योजना ल्याएको भोलिपल्ट  एनआईसी एशिया लघुवित्तले ब्याज छुट योजना ल्याएको हो । 

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण लघुवित्तको ऋणी सदस्यहरु र कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पु¥याउने हेतुले ब्याज छुट योजना ल्याएको लघुवित्तले जनाएको छ । लघुवित्तका अनुसार प्रचलित नियमनकारी व्यवस्था अनुसार २०८० फाल्गुन मसान्तमा निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले भुक्तान गर्ने मितिसम्मको पाकेको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै २०८० चैत्र मसान्त भित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा भुक्तान गर्ने मितिसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेतछुट योजना ल्याईएको छ। 



लघुवित्तबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका तथा अन्य कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्ने बैंकले उल्लेख गरेको छ। यस आर्थिक जटिलताको घडिमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्नेे आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न  आफ्ना ऋणी सदस्यहरूका लागि कर्जामा ब्याज छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

संस्थाले ल्याएको यस ब्याज छुट योजनाबाट विविध कारणले आर्थिक समस्यामा परेका ऋणी सदस्यहरुको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने विश्वास लिइएको लघुवित्तले उल्लेख गरेको छ ।

लघुवित्तले ७४ जिल्लाको ५६० भन्दा बढी स्थानिय तहमा कार्यक्षेत्र रही २८७ शाखा सञ्जाल विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गदै आईरहेको छ । 

यस अघि : एनआईसी एशिया बैंकले ल्यायो ऋणीको लागि ब्याज छुट योजना

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved