जनउत्थान लघुवित्तका अध्यक्षमा डा. वीकेले लिए शपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 07:05:54 PM मा प्रकाशित

laxmi  sunrise bank

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका नवनिर्वाचित अध्यक्ष डा. मान बहादुर वीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा.वीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र राज सुवेदी समक्ष शपथ ग्रहण गरेका हुन् । 

संस्थाको चैत ३० गते सम्पन्न १३औँ वार्षिक साधारण सभाले संस्थापक समुहबाट डा.मान बहादुर वीके, डा. मेग बहादुर विश्वकर्मा, यज्ञ विक्रम शाही र सर्वसाधारण समुहबाट हुमा कुमारी कुँवर थापा र गुरुराज बरुवाललाई आगामी कार्यकालका लागि सर्वसम्मत चयन गरेको थियो ।

सञ्चालक समितिको २२०औं बैठकले समितिको अध्यक्षमा डा.मान बहादुर वीकेलाई सर्वसम्मत चयन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved