
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधवार स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को बोनस शेयर सुचिकृत भएको छ । आज स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले १५ प्रतिशतले हुन आउने १६ लाख ८३ हजार २ सय ५५ कित्ता बोनस शेयर सुचिकृत भएको हो।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।