
विभिन्न ४ कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । ३ कम्पनीको बोनस र १ कम्पनीको हकप्रद शेयर आइतबार नेप्सेमा सूचिकृत भएको हो ।
४ कम्पनीको ११ करोड ६७ लाख ३ हजार ४४२ कित्ता शेयर सूचिकृत भएको हो ।
जसमध्ये सबैभन्दा धेरै अप्पर तामाकोशि हाईड्रोपावरको शेयर सूचिकृत भएको छ । यस कम्पनीले जारी गरेको १०० प्रतिशतले हकप्रद शेयर आइतबार सूचिकृत भएको हो ।
कम्पनीको १०० प्रतिशतले हुनआउने १० करोड ५९ लाख कित्ता शेयर सूचिकृत भएको हो ।
यसैगरी, मुक्तिनाथ विकास बैंकको ६२ लाख ६० हजार ३७७ कित्ता बोनस शेयर, आरएसडीसी लघुवित्तको ७ लाख ४७ हजार ८२८ कित्ता बोनस शेयर र नेपाल एसबीआई बैंकको ३७ लाख ९५ हजार २३५ कित्ता बोनस शेयर आइतबार नेप्सेमा सूचिकृत भएको हो ।
विकास बैंकले ९.७५, लघुवित्तले ८.६ र एसआईबी बैंकले ३.३७ प्रतिशतले हुन आउने बोनस शेयर सूचिकृत भएको हो ।