ईसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, १ जनालाई रिफर गर्दा ३५ रुपैयाँसम्म आम्दानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2022 | 04:41:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुःन रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको छ । इसेवाले यस अघि पनि रिफर एण्ड अर्न अफर सार्बजनिक गरेको  थियो ।

यस अफर अन्तरगत इसेवा प्रयोगकर्ताले आफ्ना नजिकका साथीहरुलाई इसेवा प्रयोग गर्न आग्रह (रिफर) गरेर आम्दानी गर्न सक्नेछन् । यस अफर अन्तरगत रिफर गरेको व्यक्तिले इसेवामा रष्जिट्रर गर्दा रु २० आम्दानी गर्न सक्नेछन् । यस्तै इसेवामा न्यूनतम रु सय रकम लोड गर्दा रु ५ र कारोबार गर्दा रु १० सहित रु ३५ आम्दानी गर्न सकिन्छ सकिन्छ । रिवार्ड प्राप्त गर्नको लागि रिफर लिंक आएको ७ दिन भित्र सोही लिंक क्लिक गरि आग्रह –रिफर स्विकार गर्नुपर्नेछ । 

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई  डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved