केएफसीमा नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 08:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

 केएफसी नेपाल रेस्टुरेन्टका ग्राहकहरुले अब नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । क्यासब्याकको अफर नेपाल भरीका केएफसी आउटलेटहरुमा पुष २३ गतेसम्म उपलब्ध हुने र अधिकतम १०० रुपैयाँ क्यास ब्याक हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्ट्याटिक क्युआरको रुपमा हालै उक्त रेस्टुरेन्चमा जडान भएको नेपाल पे क्युआर ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट अथवा कनेक्ट आइपिएस मोबाइल एपबाट सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । केएफसीमा नेपाल पे क्युआरको सेवा सनराइज बैंकको सहकार्यमा सुचारु गरिएको कम्पनीले जनाएको छ ।  

हाल नेपाल पे क्युआरको सुविधा एभरेष्ट बैंक, हिमालयन बैंक, माछापुच्छे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, सेलपे, मोरु र कनेक्ट आइपिएस मोबाइल एपमा उपलब्ध रहेको र अन्य बैंक वित्तीय संस्थामा पनि चाँडै नै उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भुक्तानी गर्न ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग वा वालेट एपको क्युआर स्क्यान स्क्रिनमा नेपालपेको लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved