खल्ती क्युआरमा अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 01:46:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधा अब कार्यन्वयनमा आउने भएकाे छ। यस सँगै खल्तीले फाेनपे सँगकाे सहकार्यमा भारतिय पर्यटकले आफ्नाे डिजिटल वालेट प्रयोग गरि नेपाली बजारमा रहेका 20,000 भन्दा बढि खल्ती क्यु आर मा आवद्ध मर्चेन्टहरूलाई डिजिटल भुक्तानी गर्नसक्ने व्यवस्था मिलाएकाे जनाएको छ।

खल्तीले, नेपालको भुक्तानी नेटवर्क Fonepay Payment Service Ltd र भारतको नेशनल पेमेन्ट कर्पोरेशन NPCI International Payments Ltd (NIPL) सँगकाे सहकार्यमा, दुई देश (नेपाल-भारत ) बीच मोबाइल वालेटको क्यू आर मार्फत भुक्तानी गर्न मिल्ने सुविधा उपलब्ध गराएकाे हो ।

खल्तीकाे यस सुविधा अन्तर्गत भारतिय पर्यटकले अब Phone Pe, BHIM UPI जस्ता NPCI अन्तरगत पर्ने वालेट प्रयोग गरि नेपाली बजारमा कुनै पनि फाेनपे अन्तर्गत रहेको खल्ती क्यु आर स्क्यान गर्दै नेपाली बजारमा रहेका मर्चेन्ट व्यवसायीहरुलाई डिजिटल भुक्तानी गर्नसक्ने छन्। भारतिय वालेटबाटै भुक्तानी हुने हुदाँ पर्यटकहरूले साटही र कार्डकाे झनझटबाट बाट मुक्त भई यो सुविधाको लाभ उठाउन सक्नेछन्।

नेपाली साना तथा मझौला मर्चेन्ट व्यवसायीहरुले सजिलै खल्ती क्यू आर मार्फत भारतिय पर्यटकहरूबाट भुक्तानी लिन सक्नेछन् र आफ्नो व्यवसायकाे आर्थिक पाटाेलाई थप सुदृण गर्न सक्नेछन्। 

खल्तीले अन्तरदेशीय डिजिटल भुक्तानीको सेवा उपलब्ध गराउन आवश्यक पर्ने आफ्नो सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ ।  यो सुविधा तुरुन्तै संचालनमा ल्याउने र आफू सँग जाेडिएका सम्पूर्ण मर्चेन्ट व्यवसायीहरूलाई यस सेवा बारे थप तथा अतिरिक्त जानकारी प्रदान गर्ने कुरा खल्तीले  बताएको छ। 

साथै, अबकाे केहि दिनमा नै नेपाली नागरिकले खल्ती वालेटबाट भारतिय बजारमा क्यु आर स्क्यान  गरि भुक्तानी गर्न  व्यवस्था ल्याउने कुरा खल्तीले  बताएको छ।

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “आफू सँग आवद्ध मर्चेन्ट व्यवसायीहरूलाई देशमै यसरी पहिलो पल्ट अन्तरदेशीय डिजिटल भुक्तानी सेवा प्रदान गर्ने वालेटको रूपमा काम गर्न पाउँदा हामी निकै नै हर्षित छौँ। सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उदेश्यका साथ अगाडी बढि रहेको खल्तीले आफ्ना २० हजार भन्दा बढि मर्चेन्ट व्यवसायीहरूलाई यस सुविधा प्रदान गर्न पाउँदा यस चरणलाई कोशेढुंगाको रूपमा लिएको छ । नेपाल-भारत अन्तरदेशीय डिजिटल भुक्तानीको सुविधाले दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा महत्वपूर्ण योगदान पुर्याउदै समृद्धि र विकासलाई बढावा दिने कुरामा हामी बिश्वस्त छौँ। ” 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved