नेपाल पेबाट बिगमार्टमा भुक्तानी गर्दा स्कुटर जित्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 08:01:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पेबाट बिगमार्टमा बिल भुक्तानी गर्दा स्कुटर जित्न सकिने भएको छ । नेपाल पेबाट स्क्यान गरी बिगमार्टको पोखरामा हालै खोलिएका पाँचवटा स्टोरहरुमा भुक्तानी गर्दा उपहारमा एक थान हिरो स्कुटर जित्न सकिने छ ।

कम्पनीका अनुसार उक्त अफर बिगमार्टको फुलबारी, बगर, रामबजार, सितलादेवी र पसर््याङ्ग स्टोरहरुमा फाल्गुन १९ गतेबाट चैत्र १७, २०८० गतेसम्म उपलब्ध रहेको छ । पोखरामा रहेका बिगमार्टका स्टोरहरुमा रु ७५० भन्दा माथिको सामान खरिद गर्दा स्टोरमा रहेको ड्यानामिक क्यूआर स्क्यान गरी भुक्तानी गरी उक्त अफरमा सहभागी हुन सकिने छ ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पेमा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजार भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved