कनेक्ट आइपीएसमार्फत सहकारीमा पैसा ट्रान्सफर गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 03:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

बिना झन्झट कनेक्ट आइपीएस मार्फत सहकारीमा पनि नगद ट्रान्सफर हुने भएको छ । एम बैंक नामक मोबाइल बैङ्किङ्ग प्रयोग गर्ने सहकारीहरुमा कनेक्ट आइपीएस मार्फत सहजै पैसा ट्रान्सफर हुने भएको हो। 

यो सेवा अन्तर्गत एम बैंकमा सदस्य भएका सहकारीका सदस्यहरुले सजिलै एक अर्काको खातामा रियल टाइममा नै पैसा पठाउन सक्नेछन् ।  यसको लागि कनेक्ट आइपिएस मार्फत पैसा पठाउनु पर्नेछ। 

यो सेवा अन्तर्गत बैंक आइपिएसमा लिंक हुन्छ। जसअनुसार आइपिएस वा बैंकबाट सहकारीको सदस्यको खातामा सिधै पैसा ट्रान्सफर गर्न सकिने छ। 

यो सेवा नेपालमै पहिलो नभएपनि एम बैंकले ल्याएको प्रभावकारी सेवा भएको यसका संचालक संजय महासेठले बताए । यो सेवाबाट सहकारीमा नगद प्रवाह बढ्ने उनले अपेक्षासमेत गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved