नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा उपाध्याय नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2024 | 07:05:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गतेको बोर्ड बैठकले कम्पनी (NDPC) को अध्यक्षमा उपाध्यायलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्षले फागुन ३० नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण  गरेका हुन्।

शपथ ग्रहण समारोहपछि नवनियुक्त अध्यक्ष उपाध्यायले खुशी व्यक्त गर्दै वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको पहलहरूले आफु उत्साहित भएको बताए । उनले भने, "नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र USSD (अफलाइन) मोड जस्ता सुविधाहरू द्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरूले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ । हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोग द्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं" ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ । जस अनुरुप *500# डायल गरेर नमस्ते पे प्रयोगकर्ताहरूले अफलाइन सेवाहरूको फाइदा लिन सक्दछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved