आइएमई पे एपबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 07:53:37 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा "जेट सेट रिवार्ड" नामक अफर ल्याएको छ । यो  अफर अन्तर्गत आइएमई पे एप मार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा १००% क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि  जित्ने मौका पाइनेछ ।

चैत ६  देखि जेष्ठ मसान्त सम्म तिन महिनाको लागि चल्ने सो अफरका ३ जना  भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने जनाइएको छ ।  यसमा  पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको  १००% क्यास ब्याक पाउने कम्पनीले उल्लेख गरेको छ ।  दोस्रो  विजेताले द लेकसाइड रिट्रिट- पोखराको प्याकेज जित्न सक्नेछन भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउने उल्लेख छ ।  

यसको साथै  आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले  हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved