महासंघको कोषाध्यक्षमा सहमति जुटेन, भोली निर्वाचन हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 09:43:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितको पहिलो बैठकमा कोषाध्यक्ष मनोनित गर्ने एजेण्डा रहेपनि सहमति हुन नसक्दा निर्वाचन नै हुने भएको छ । अध्यक्ष शेखर गोल्छाले बैठकको प्रारम्भमा नै कार्यसूचीमा कोषाध्यक्षको नियुक्तिका बारेमा प्रकाश पारेपनि सहमति हुन नसक्दा आजको बैठकले महासंघको आगामी कोषाध्यक्ष नियुक्त गर्न नसकेको हो । 

‘आज कुरा धेरै भए, कुनै पनि पक्षबाट ठोस नाम आएन’ केन्द्रीय सदस्य अरुणराज सुमार्गीले बिजपाटीसँग भने, ‘केही नामहरुमा अनौपचारिक छलफल भएपनि सहमति भएन, भोली कोषाध्यक्षको लागि पनि निर्वाचन हुँदैछ ।’

महासंघको विधान अनुसार निर्वाचित कन्द्रीय सदस्य मध्येबाट एक जनालाई कोषाध्यक्ष बनाउने प्रावधान छ । सहमतिमा कोषाध्यक्ष नियुक्त हुन नसकेपछि निर्वाचनबाटै टुंगो लगाईने भएको हो । कोषाध्यक्षको निर्वाचनमा भने केन्द्रीय कार्यसमिति सदस्यले मात्रै मतदान गर्न पाउने छन् ।

यसैबीच महासंघको प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्का केन्द्रीय सदस्यमा मनोनित भएका छन् । आजको बैठकले खड्कालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो । 

विशिष्ट सदस्यमा पूर्व अध्यक्ष पशुपति मुरारका, मानार्थ सदस्यमा निवर्तमान जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान र केन्द्रीय सदस्यमा मनोनित भएका खड्का सबै शेखर गोल्छा समूहका हुन् । आज नियुक्त भएका सबै जना गोल्छा समूहका भएका कारण कोषाध्यक्ष आफ्नो समूहले पाउनुपर्ने वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहको माग छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved