नेपाल हुँदै भारत र चीन जोड्ने ६ लेनको सडक बनाए नेपालमा समृद्धि आउँछ : राजेन्द्र मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 12:46:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले भारत र चीन जोड्ने ६ लेनको सडक बनाउन माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रममा चेम्बर अध्यक्ष मल्लले नेपाली अर्थतन्त्र चलायमान बनाउन चीन र भारत दूबैतिर जोड्ने ६ लेनको सडक पूर्वाधार बनाउनु पर्ने बताएका हुन् ।

‘नेपालबाट भारत र चीन जोड्ने ६ लेनको सडक बनाउने हो भने हाम्रो देशको दूबैतर्फ निकासी प्रवद्र्धनमा सहजता आउँछ’ उनले भने, ‘सरकारले यसको घोषणा गरोस्, यो सडक बन्ने हो भने दीर्घकालिन महत्व राख्छ, देशमा समृद्धि आउँछ ।’

उनले बैंकमा अहिले ५ खर्ब भन्दा बढी तरलता रहेको भन्दै त्यो पैसा लगानी हुने वातावरण बन्नुपर्ने बताए । लगानीका लागि उद्योगी व्यवसायीले ऋण लिने अवस्था नरहेको भन्दै यसका लागि राष्ट्र बैंकले ‘फेसिलेटेड’ गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

उनले रियलस्टेटतर्फ किस्ताबन्दीमा जग्गा किन्नेले ईएमआई तिर्नुपर्दा ईएमआईको किस्ताभन्दा २५० प्रतिशत आम्दानी हुनुपर्ने व्यवस्थाले रियलस्टेट व्यवसाय चलायमान हुन नसकेको पनि बताए ।

‘१०० रुपैयाँ ईएमआई तिर्नुपर्ने व्यक्तिको आम्दानी २५० रुपैयाँ हुनुपर्ने व्यवस्था छ, यो प्रावधानले पनि घरजग्गा व्यवसाय चलायमान हुन सकेन’ अध्यक्ष मल्लले भने, ‘यसलाई घटाएर १५० प्रतिशतमा झार्नुपर्ने हाम्रो माग र सुझाव छ ।’ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved