चेम्बर अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 09, 2024 | 06:29:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको ७३औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा वाणिज्यतर्फ उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, जिल्लानगरतर्फ सन्तोषकुमार पाण्डे, वस्तुगततर्फ सुरेन्द्रकुमार श्रेष्ठ, संस्थागत द्विराष्ट्रियतर्फ निलकण्ठ चौलागाइँ र मानार्थतर्फ अर्जुनप्रसाद शर्मा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश अध्यक्षहरुमा कोशीबाट सुरेशमान श्रेष्ठ, मधेशबाट अमरनाथ गुप्ता, बागमतीबाट सिद्धिलाल श्रेष्ठ, गण्डकीबाट किसान सुनार, लुम्बिनीबाट टंकप्रसाद पोखरेल, कर्णालीबाट लक्ष्मण न्यौपाने र सुदुरपश्चिमबाट विनोद मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसैगरी चेम्बर नयाँ कार्यसमितिले सदस्यहरुमा लीमा अधिकारी, नयन बहादूर खत्री र सुशान कर्माचार्यलाई सदस्यमा मनोनित गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved