जनता बैंकले गुरु प्रसाद न्यौपानेको ८५ हजार कित्ता सेयर जफत गर्ने, सर्वसाधारण लगानीकर्तालाई 'फाइदा'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2017 | 04:27:49 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंकले गुरुप्रसाद न्यौपानेको करिब ८५ हजार कित्ता सेयर जफत गर्ने भएको छ। बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनमा न्यौपानेको श्रीमतीको नाममा रहेको सेयर जफत गर्न लागेको जनाएको छ। 

जनता बैंकले न्यौपानेले संचालक समितिमा रहेका बेला माछापुच्छ्रे बैकसंगको मर्जर प्रक्रिया अघि बढ्दै गर्दा श्रीमती सुमित्रादेवी न्यौपानेका नाममा खरिद गरेको सेयर जफत गर्न लागेको हो। राष्ट्र बैंकले भदौ दोस्रो साता नै न्यौपानेले बैंकिङ कसुर गरेको प्रमाण्ति भएको व्यहोरा जनता बैंकलाई जानकारी गराएको थियो। 

राष्ट्र बैंकको निर्देशन अनुसार नै जनता बैंकले न्यौपानेको श्रीमतीको नाममा रहेको सेयर जफत गर्न लागेको हो। न्यौपानेले श्रीमतीको नाममा ५२ हजार कित्ता भन्दा बढी सेयर आफु संचालक भएकै बेला खरिद गरेका थिए। त्यसपश्चात निष्काशन भएको ५० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयर गर्दा हुन आउने करिब ८५ हजार कित्ता सेयर जफत हुने भएको हो।

बैंक सञ्चालक समितिको बैठकले न्यौपानेको सेयर जफत गर्ने निर्णय गरीसकेको छ। बैंकले जफत गरिने उक्त सेयर बोलकबोल मार्फत सर्वसाधारणलाई लिलाम बढाबढ मार्फत बिक्री गर्ने भएको छ। यसबाट बैंकलाई २ करोड बढी आम्दानी हुने देखिएको छ। लिलाम मार्फत बिक्री गरिने उक्त सेयरको आम्दानी बैंकको आम्दानीमा गणना हुने भएकाले यसबाट सर्वसाधारण लगानीकर्तालाई फाइदा पुग्ने भएको छ। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, बाफियाले कुनै पनि बैंक तथा वित्तीय संस्थाको संचालक, कार्यकारी प्रमुख, लेखा परीक्षक, कम्पनी सचिब वा बैंक तथा वित्तीय संस्थाको ब्यवस्थापक तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न ब्यक्तीले आफु तथा परिवारका सदस्यको नाममा त्यही संस्थाको सेयर खरीद गर्न नपाउने व्यवस्था गरेको छ।     


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved