सेन्चुरी कमर्शियल बैंकले हकप्रद सेयरको आबेदन दिने म्याद थप गरेको छ। बैंकले १० बराबर ४ कित्ता सेयर अर्थात ४० प्रतिशतका दरले हकप्रद भर्न १५ दिन थप गरेको जनाएको छ।
बैंकले प्रेस बिज्ञप्ती जारी गर्दै ४० प्रतिशत हकप्रद भर्ने म्याद असोज २ गते सम्मका लागि थप गरिएको जानकारी गराएको हो। यस अघि बैंकले साउन १६ देखि भदौ १८ सम्मका लागि आबेदनको समय तोकेको थियो।
बैंकको नयाँ सूचना अनुसार अब असार २६ सम्म कायम शेयरधनीले हकप्रदको लागि असोज २ गतेसम्म हकप्रद भर्न सक्नेछन। असार २६ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल र सेन्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयबाट हकप्रद फारम प्राप्त गरी भरेर बुझाउन सक्नेछन।
बैंकले प्रति कित्ता १ सय रुपैयाँका दरले १ करोड ८८ लाख ५४ हजार २ सय ५७ कित्ता हकप्रद बिक्रि गरिरहेको छ। ४० प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ६० करोड नाघ्नेछ। इन्नोभेटिव र अरनिकोका शेयरधनीले मात्र हकप्रद प्राप्त गर्न सक्ने छन।
बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ति गरेको छ। अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सको पुंजी र ४० प्रतिशत हकप्रद पुंजिकृत गर्दा बैकको चुक्ता पुंजी ७ अर्ब ८६ करोड हराहारी पुगेको छ। बाँकी अपुग पुंजी गत बर्षको कमाईबाट बोनस सेयर वितरण मार्फत पुरा गर्नेछ। ३ प्रतिशत बोनस सेयर बितरण गर्दा पनि बैंकको चुक्ता पुंजी ८ अर्ब १० करोड पुग्नेछ।