हिमालयन डिष्टीलरीको शेयर कारोबार फुकुवा, शंकास्पद गतिबिधि माथि अनुसन्धान जारि

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 12:09:40 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबारदेखि हिमालयन डिष्टीलरीको सेयर कारोबार फुकुवा गरिएको छ। लाभांश सम्बन्धी महत्वपूर्ण सूचना ढिलो गरि पठाएको भन्दै नेप्सेले गत ७ गतेदेखि हिमालयन डिष्टीलरीको शेयर कारोबार रोक्का गरेको थियो। 

'सूचना पठाउन ढिलो भएको गल्ति स्वीकार गरेपछि हिमालयन डिष्टीलरीको कारोबार फुकुवा गरेका हौँ' नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बिजपाटिलाई भने, 'लाभांशको निर्णय गर्नुअघि र पछिका कारोबारहरुको अनुसान्धन जारि छ,असमान्य देखिएको अवस्थामा कारबाहीका लागि सिफारीश गर्छो' 

सूचना पठाउन ढिलो भएको गल्ति स्वीकार गरेपनि हिमालयन डिष्टीलरीले आफुले कुनै सूचना चुहावट नगरेको 'झुटो' दाबी गरेको छ। कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको बैठकले २१।०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको थियो। तर कम्पनीले उक्त सूचना नेप्सेलाई मङ्सिर ६ गते मात्र पठाएको थियो। 

नेप्सेलाई जानकारी गराउनु पुर्व नै कम्पनीले एक पत्रिकामा लाभांश सम्बन्धि सूचना जारि गरिसकेको थियो। यस कारण कम्पनीको शेयर कारोबारमा  इन्साइडर ट्रेडिङको आशंका गरिएको छ। 

हिमालयन डिष्टीलरीका पछिल्ला कार्यहरु शंकास्पद देखिएकाले अनुसन्धान जारि रहेको नेप्सेले जनाएको छ। कम्पनीले साधारण सभाका लागि मंसिर १५ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । उक्त साधारणसभामा कम्पनीले लैजान लागेको प्रस्ताबहरु समेत निकै शंकास्पद र विवादास्पद रहेकाले अनुसन्धान जारि रहेको बताइएको छ।

कम्पनीको अध्यक्षमा मार्गरेट टीजे शाह रहेकी छिन। कम्पनीले टिजे शाहका श्रीमान विजयकुमार शाह अध्यक्ष रहेका जावलाखेल ग्रुप अफ कम्पनीज प्रालि, फुड एण्ड वेभरेज टेक्नोलोजी रिसर्च सेन्टर प्रालि र जेजिआई डिष्ट्रीव्युसन प्रालिसँग भएका सम्झौता अनुमोदन गर्ने प्रस्ताब साधारणसभामा लैजादै छ। कम्पनीले रक्सि बेचेर कमाएको पैसा विभिन्न बहानामा आफ्नै कम्पनीहरुलाई बाड्ने बन्दोबस्त गरेको देखिएकाले छानबिन आवश्यक रहेको नेप्से स्रोतले जनाएको छ।       




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved