पोखरा फाइनान्सले पुस ३० गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2017 | 08:42:33 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्सले पुस ३० गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ   । पोखरा फाइनान्सले १५ प्रतिशत हकप्रद निष्काशनको गर्न लागेको हो  । अब कम्पनीले ९ लाख ८३ हजार ६८२ दशमलव ७४ कित्ता हकप्रद निष्काशन गर्ने छ । 

 हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ   । पुस १३ गतेसम कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । 

लगानीकर्ताले फागुन ६ गतेसम्म हकप्रद भर्न सक्ने छन्  । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ   ।  लगानीकर्ताले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट र लगनखेल, पोखरा फाइनान्सका शाखाहरु, इन्भेस्ट बैंकका विराटनगर, बिरगंज, नेपालगञ्ज, नारायणगढ, बुटवल र धनगढी शाखाबाट हकप्रद भर्न सक्ने छन्   ।  साथै सबै आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिने छ  । 

 हाल फाइनान्सको चुक्ता पुंजी  ६५ करोड ५७ लाख रहेकोमा हकप्रद विक्रीपछि फाइनान्सको चुक्ता पूँजी ७५ करोड ४१ लाख  पुग्नेछ । 

चालु आवको प्रथम त्रैमासमा फाइनान्स कम्पनीले एक करोड ४८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved