साल्ट ट्रेडिङले ३५ प्रतिशत लाभांश दिने, नाफा बढाउन अब तोरीको तेल तथा उखु उत्पादनमा लगानी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 06, 2018 | 05:19:42 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशनको २५ प्रतिशत लाभांश पारित भएको छ। कम्पनिको आज (मंगलबार) सम्पन्न ५१ औ बार्षिक साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि ३५ प्रतिशत लाभांश प्रस्ताब पारित गरेको हो। 

खाद्य पदार्थ र नूनसहित विभिन्न प्रकारका मलखादको बिक्री वितरणबाट कम्पनिले गत आर्थिक बर्ष ६१ करोड २४ लाख मुनाफा गरेको थियो।  साथै कम्पनिले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा ६ अर्ब ६६ करोड बराबरको कारोबार गर्न सफल भएको छ।

गतवर्षको सोही अवधिमा पाँच अर्ब ४१ करोड रुपैयाँको कारोवार भएको थियो। यस आर्थिक बर्षमा कर्पोरेशनले १० अर्ब रुपैयाँ करोवार गर्ने लक्ष्य राखेको छ। 

कर्पोरेशनले आगामी वर्षदेखि काठमाडौँ लगायत मुख्य शहरमा पेट्रोलियम पदार्थको करोवारका लागि पम्प सञ्चालन, तोरीको तेल तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी समेत दिएको छ।

कर्पोरेशनले सरकारको अनुदानमा चालू आवमा बिक्री वितरणका लागि ५७ हजार मेट्रिक टन युरिया र २२ हजार टन डिएपी मल आयात भइसकेको जनाएको छ।

कर्पोरेशनले कृषि मन्त्रालयको स्वीकृतिमा गैरअनुदानका अमोनियम सल्फेट र सिंगल सुपर फस्फेट मलसमेत बिक्री वितरण गरिरहेको छ।  साधारणसभामा कर्पोरेशनका सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले अगामी दिनमा आमउपभोक्तालाई गुणस्तरीय खाद्य तथा अन्य वस्तुको सरल र सहज वितरण गरिने बताए।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनको पूँजी वृद्धि, पेट्रोलियम पदार्थको कारोबार शुरु तथा उखु उत्पादनमा लगानी गर्ने जानकारी दिए। उनले आयोडिनयुक्त नूनको शतप्रतिशत पहुँचलाई कर्पोरेशनले उच्च प्राथमिता दिएको बताए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved