मञ्जुश्री फाइनान्सको नाफा ५० प्रतिशतले बढ्यो, शेयरमा लगानी कति फाइदा मुलक ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 17, 2018 | 01:58:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। मन्जुश्रीले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा खुद मुनाफा करिब ४९ प्रतिशतले बढाएर ५ करोड ९८ लाख पुर्याएको छ। 

गत बर्ष यस अवधिमा फाइनान्सले ३ करोड ६५ लाख खुद मुनाफा आर्जन गरेको थियो। त्यस्तै फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा ४ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको थियो।      

काठमाण्डौको बानेश्वरमा केन्द्रीय कार्यालय रहेको मन्जुश्री फाइनान्सले बिरगंज, बुटवल, धरान लगायतका देशभरका १० शाखा मार्फत आफ्नो सेवा बिस्तार गर्दा फाइनान्सले निक्षेप संकलन र कर्जा लगानी प्रवाहमा क्रमश ७२ र ५० प्रतिशतले वृद्धि गरेको छ। 

यस अवधिमा मन्जुश्रीले ५ अर्ब ६१ करोड निक्षेप संकलन गरि ४ अर्ब ९७ करोड कर्जा प्रवाह गरेको छ। गत बर्ष यस अवधिमा फाइनान्सले ३ अर्ब २५ करोड निक्षेप संकलन गरि ३ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको थियो।

ब्याज आम्दानिमा उल्लेख्य प्रगति हासिल गरेपनि ब्याज खर्च बढेकाले फाइनान्सलाई खुद ब्याज आम्दानिमा २९ प्रतिशतको बढोत्तरी मिलेको छ। गत आर्थिक बर्षको यस अवधिमा ८ करोड ९९ लाख खुद ब्याज आम्दानि गरेकोमा यस अवधिमा फाइनान्सले ११ करोड ६१ लाख खुद ब्याज आम्दानि गरेको छ। 

यस अवधिमा फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ भने जगेडा कोषमा १५ करोड २४ लाख छ। त्यस्तै फाइनान्सको खराब कर्जा अनुपात २.७१ प्रतिशतबाट २.१३ प्रतिशतमा झरेको छ।

मन्जुश्री फाइनान्सको हकप्रद भर्न छुट्नु त भएन, अनलाइन बाहेक कहाँ बाट दिने आवेदन ?

खराब कर्जा अनुपात घटाएको फाइनान्सले कर्जा जोखिम बापतको रकम अघिल्लो त्रैमासको तुलनामामा बढाउनु पर्दा खुद मुनाफा प्रभावित बनेको  देखिन्छ। कर्जा प्रवाह र ब्यापार विस्तार गर्दै कारोबार बढाउदै लगेको फाइनान्सले आगामी बर्षमा राम्रै प्रतिफल दिने अनुमान गर्न सकिन्छ।   

यस अवधिमा मन्न्जुश्रीको प्रति शेयर आम्दानि १० रुपैयाँ ६ पैसा, प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ ४ पैसा र मुल्य आम्दानीको अनुपात १२ दशमलब  ८२ गुणा रहेको छ। हाल बिक्रिमा रहेको हकप्रदलाई समेत समायोजन गरि प्रति शेयर आम्दानि देखाएको छ।  

मन्जुश्रीले चैत ८ देखि बैशाख १२ सम्मका लागि ५ प्रतिशतका दरले ३३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद बिक्रि गरिरहेको छ। हकप्रद बिक्रि तथा गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत् बोनस बितरण पश्चात मन्जुश्रीको चुक्ता पुंजी ८० करोड ४० लाख पुग्नेछ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved