सहारा विकास बैंकले जेठ ६ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 02, 2018 | 07:26:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सहारा विकास बैंकले जेठ ६ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।  बैंकले  १:२.५ को अनुपातमा २ सय ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  बैंकले अब १८ करोड २४ लाख ८७ हजार रुपियाँको १८ लाख २४ हजार ८ सय ७० कित्ता हकप्रद निष्काशन गर्ने छ। हकप्रद निष्काशनको लागि एनआईबिएल एस क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।

बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ बैशाख १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । बैशाख ९ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्। लगानीकर्ताले असार ९ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।  

हकप्रदमा आवेदन दिनको लागि एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट काठमाडौँ, त्तहा शाखा कार्यालयहरु लालदरबार काठमाडौँ, लगनखेल ललिपुर, चिप्लेढुंगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर बिरगंज, र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सक्ने छन् । त्यस्तै सहारा विकास बैंकको शाखा कार्यालयहरु तथा सम्पूर्ण आश्वा सदस्य संस्थाहरुबाट आवेदन दिन सक्ने छन् ।

हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

  बैंकको छैठौ साधारणसभाले २५० प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । तर बैंकले पछि हकप्रद प्रस्ताव रद्द गर्नको लागि बिशेष साधारसभा बोलाएको थियो । धितोपत्र बोर्डको निर्देशनपछि हकप्रद जारी गर्ने निर्णयलाई पन्छाउदै देब बिकास बैंकको सहारा रोज्न पुगेको सहारा बिकास बैंकलाई रद्द गरिएको हकप्रद फेरी जारी गर्ने बाध्यतामा आइपरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved