४० प्रतिशत हकप्रदले समेत पाउने गरी सूर्या लाइफले गर्यो लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 06, 2018 | 02:20:22 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १६.८० प्रतिशत बोनस दिने भए पनि निष्काशन प्रक्रियामा रहेको ४० प्रतिशत हकप्रद समेतले बोनस पाउने भएकाले बोनस दर १२ प्रतिशत हुने कम्पनीले जनाएको छ।  

 इन्स्योरन्सले १२ करोड १२ लाख ७५ हजार रुपैयाँको बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश समेत प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेकोमा १२ प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद पछि कम्पनीको चुक्ता पुंजी १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved