सिटी एक्सप्रेस फाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 13, 2018 | 05:55:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ  ।  नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुधबार हकप्रद निष्काशनको अनुमति दिएको हो । 

अब कम्पनीले १:१.६७ को अनुपातमा १ सय ६७ प्रतिशतको दरले २५ लाख कित्ता हकप्रद निष्काशन गर्ने छ  । हकप्रद निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट बिक्रि प्रबन्धक नियुक्त भएको छ ।

नयाँ लगानीकर्ता भित्र्याएपछि साविकको कुवेर मर्चेन्ट एण्ड फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स बनेको हो  

हाल फाइनान्स कम्पनीको चुक्ता पूँजी २८ करोड दुई लाख २५ हजार रुपैयाँ रहेको छ ।  हकप्रद जारी गरेपश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड पुग्नेछ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved