सेयरलगानीकर्ताको माग सम्बोधन, एभरेष्ट इन्स्योरेन्सको मुल्य समायोजन निर्णय फिर्ता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2018 | 09:59:48 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट इन्स्योरेन्सको मुल्य समायोजन नहुने भएको छ। यहि मङ्सिर १६ देखि जारि हुन लागेको संस्थापक हकप्रदका लागि गरिएको मुल्य समायोजनको निर्णय फिर्ता लिन लगानीकर्ताले चर्को दबाब दिएपछि अन्तन्त: सेयर मुल्य समायोजन नहुने भएको हो।

१०५ प्रतिशत हकप्रद सेयर निष्काशन प्रयोजनार्थ नेपाल स्टक एक्सचेन्ज, नेप्से ले बुक क्लोज गर्ने क्रममा सेयर मुल्य समायोजन गरेपछि उक्त प्रकृयाप्रति सेयर लगानीकर्ताका नेताहरुले बिरोध जनाउदै आएका थिए। आइतबार मङ्सिर २ गते बिभिन्न लगानीकर्ताका संस्थाहरुसंगको छलफलपछि अन्तन्त: नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर मुल्य समायोजन नगर्ने भएको हो। 

कात्तिक २७ सम्म कायम सेयरधनीहरुले मात्र एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद भर्न पाउने सूचना सार्वजनिक भएको दोस्रो दिन कम्पनीको सेयर मुल्य समायोजन गरीएपछि विवाद उत्पन्न भएको थियो। नेप्सेले कम्पनीको सेयर मुल्य समायोजन गर्दै बुक क्लोज पछिको मुल्य प्रति कित्ता ५६३.४१ रुपैयाँ कायम गरेको थियो। 

एभरेष्टको सेयर मुल्य समायोजन हुँदा लगानीकर्ताहरु पिडित हुने तर समायोजन नहुँदा त्यसले कसैलाई असर नपर्ने भएकाले आफुहरुले समायोजन नगर्ने निष्कर्षमा पुगेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बिजपाटीलाई बताए। 'समायोजन नहुँदा पनि त्यसले पद्दतीमा ठुलो असर नराख्ने भएकाले लगानीकर्ताको माग अनुसार नै एभरेष्ट इन्स्योरेन्सको सेयर मुल्य समायोजन नगर्ने निष्कर्षमा पुगेका हौँ' उनले भने। 

एभरेष्ट इन्स्योरेन्सले यहि मङ्सिर १६ देखि पुष २२ सम्मका लागि १०५ प्रतिशतका दरले हकप्रद बिक्रि गर्दैछ। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले १४ लाख ३ हजार ३२५ कित्ता सेयर बिक्रि गर्दैछ। 

कात्तिक २७ गतेलाई बुक क्लोजको मिति तोकिएकाले कात्तिक २६ सम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको १०५ प्रतिशत हकप्रद किन्न पाउनेछन। हकप्रद बिक्रि प्रबन्धकमा सिद्दार्थ क्यापिटल रहेको छ।  

यस अवधिमा कम्पनीको चुक्ता पुंजी १३ करोड ३६ लाख छ। १०५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी २७ करोड ३९ लाख पुग्नेछ। यसपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम हुनेछ । 

५१:४९ शेयर स्वामित्व कायम भएपछि कम्पनीले पुन ३ सय प्रतिशत हकप्रद जारी गर्ने छ। ३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम हुनेछ ।

उदाहरणको लागि यदि अहिले कुनै लगानीकर्तासंग कम्पनीको १०० कित्ता शेयर छ भने १० प्रतिशत बोनसपछि ११० कित्ता हुनेछ।  १०५ प्रतिशत हकप्रदपछि २२५.५ कित्ता सेयर हुनेछ। २२५.५ कित्ता मध्ये ११० कित्ता साधारण शेयर हो जुन बोनस पश्चात कायम भएको थियो । बाँकि ११५.५ कित्ता शेयर भने संस्थापक हकप्रद भरेको हुनाले संस्थापक सेयर हुनेछ ।

२२५.५ कित्ता सेयर भए पछि  कम्पनीले  ३०० प्रतिशत हकप्रद जारि गर्ने छ। त्यस पछि शेयर संख्या ६७६.५ कित्ता पुग्ने छ । ६७६.५ कित्ता मध्ये ३३० कित्ता साधारण र ३४६.५ कित्ता संस्थापक सेयर हुनेछ । 

कम्पनीले यस अघि बिमा समितिले तोकेको चुक्ता पुंजी पुर्याउन ६ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । तर धितोपत्र बोर्डले कम्पनीलाई संस्थापक शेयरधनी नभएको र संस्थापक शेयरधनी कायम गरेर मात्र हकप्रद निष्काशन गर्न निर्देशन दिएको थियो ।   


  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved