नेप्सेले ३ सय लगानीकर्तालाई दियो तालिम, आईतबारदेखि आईडी पासवर्ड वितरण

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 06, 2018 | 05:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

 अनलाइन ट्रेडिङमा अभ्यस्त गराउन नेप्सेले ३०० भन्दा बढी लगानीकर्तालाई तालिम दिएको छ  । नेप्सेले आइतबार देखि आज बिहिबारसम्म हरेक दिन ६० जनाको दरले ३०० जनालाई तालिम दिएको जनाएको हो । तालिम शुक्रबार पनि जारि रहने नेप्सेले जनाएको छ । नेप्से प्रबक्ता मुरहरी पराजुलीका अनुसार शुक्रबारको तालिमपछि पनि आवश्यक पर्ने देखिए र लगानीकर्ताले माग गरेको खण्डमा थप तालिमको आयोजना गर्न सकिने बताएका छन । 

त्यस्तै नेप्सेले अनलाइन ट्रेडिङको लागि लगानीकर्ताहरुले ब्रोकर कम्पनीसंग गर्नु पर्ने सम्झौताको ड्राफ्टलाई अन्तिम रुप दिएको छ  । सम्झौता पत्र धितोपत्र बजारका विभिन्न नीति नियम तथा बिनियमावलीहरुमा आधारीत रहेर तयार पारिएको नेप्सेले जनाएको छ  । सम्झौता पत्र शुक्रबार सार्बजनिक गर्ने नेप्सेको तयारी छ  । 

 प्रबक्ता पराजुलीले जोखिम व्यवस्थापन र लगानीकर्ताको सम्पत्ति सुरक्षाको बिषयलाई बिशेष ध्यान दिएर सम्झौता पत्रमा तयार गरिएको बताएका छन् । उक्त सम्झौता पत्र शुक्रबार ब्रोकरलाई पठाईने छ ।  आइतबारबाट ब्रोकरसंग सम्झौता गरेर सोहि दिन आईडी पासवर्ड लिई लगानीकर्ताले अनलाइन मार्फत कारोबार गर्न सक्ने प्रबक्ता पराजुलीले स्पष्ट पारेका छन् । अर्थात् सम्झौता गरेका लगानीकर्ताले आइतबार बाट नै अनलाइन ट्रेडिङ प्रयोग गर्न सक्ने छन् ।  सम्झौताको गर्नु पुर्व लगानीकर्तालाई अनिवार्य रुपमा केवाईसी अपडेट गराउनु पर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved