यस्तो छ लगानीकर्ताले ब्रोकरसंग गर्नु पर्ने ३९ बुँदे सम्झौतापत्र, आइतबारबाट आईडी पासवर्ड

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 07, 2018 | 05:30:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले अनलाइन ट्रेडिङको लागि लगानीकर्ताहरुले ब्रोकर कम्पनीसंग गर्नु पर्ने सम्झौताको ड्राफ्ट सार्बजनिक गरेको छ  । नेप्सेले शुक्रबार ३९ बुँदे ड्राफ्ट सार्बजनिक गरेको हो  । ब्रोकरसंग सम्झौता गरेपछि मात्रै लगानीकर्ताले अनलाइन ट्रेडिङको लागि आवश्यक आईडी र पासवर्ड पाउन सक्ने छन्  । आईडी पासवर्ड पाएपछि लगानीकर्ता आफैले अनलाइन मार्फत कारोबार गर्न सक्ने छन्  । 

सम्झौता पत्र धितोपत्र बजारका विभिन्न नीति नियम तथा बिनियमावलीहरुमा आधारीत रहेर तयार पारिएको नेप्सेले जनाएको छ  । नेप्से प्रबक्ता मुराहरी पराजुलीले जोखिम व्यवस्थापन र लगानीकर्ताको सम्पत्ति सुरक्षाको बिषयलाई बिशेष ध्यान दिएर सम्झौता पत्रमा तयार गरिएको बताएका छन् । आइतबारबाट ब्रोकरसंग सम्झौता गरेर सोहि दिन आईडी पासवर्ड लिई लगानीकर्ताले अनलाइन मार्फत कारोबार गर्न सक्ने प्रबक्ता पराजुलीले स्पष्ट पारेका छन् । अर्थात् सम्झौता गरेका लगानीकर्ताले आइतबार बाट नै अनलाइन ट्रेडिङ प्रयोग गर्न सक्ने छन् ।  सम्झौताको गर्नु पुर्व लगानीकर्तालाई अनिवार्य रुपमा केवाईसी अपडेट गराउनु पर्ने छ । 

आइतबारबाट सम्झौता गरेका लगानीकर्तालाई अनलाइन पासवर्ड उपलब्ध गराउने र पुस १७ गतेदेखि सम्पूर्ण लगानीकर्तालाई कारोबार प्रणाली खुला गरिने नेप्सेले जनाएको छ  । अनलाइन ट्रेडिङमा लगानीकर्तालाई अभ्यस्त गराउन नेप्सेले तालिमको पनि आयोजना गरेको थियो  । अनलाइन प्रणालीमा देखिएको समस्या क्रमशः समाधान भएको र अब कुनै पनि समस्या नरहेको नेप्सेले स्पष्ट पारेको छ ।  

यस्तो छ नेप्सेले तयार पारेको ड्राफ्ट  

प्राविधिक कारणले ड्राफ्टको अन्तिम पेज वेबसाइटमा छुट्न गएको नेप्सेले जनाएको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved