कारोबार राफसाफ नगर्न र लाभकरको फारम नभर्न ४ वटै लगानीकर्ता संघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 10:23:19 AM मा प्रकाशित

laxmi  sunrise bank

पुँजीबजार सम्बद्ध ४ वटा लगानीकर्ता संघहरुले शेयर कारोबार राफसाफ रोक्का गर्न आह्वान गरेका छन् । संघहरुले सिडीएसलाई कारोबार राफसाफ नगर्न र लगानीकर्तालाई ब्रोकर कार्यालयमा गएर औसत भारित लाभकरको लागि फारम नभर्न र हस्ताक्षर नगर्न आह्वान गरेको हो  

भारित औसत लाभकर कार्यन्वयन आएसंगै लगानीकर्ताहरुले विरोध जनाउदै आएका छन् । नयाँ विधिमा लगानीकर्ताले शेयर खरिद गरेको प्रमाण देखाउन नसके शेयरको लागतलाई सय रुपैयाँ मानेर कर गणना हुने ब्यबस्था छ । साथै लगानीकर्ता ब्रोकर अफिस मै स्वयं उपस्थित भएर भारित औसत लाभकरको फारम भारी हस्ताक्षर गर्नु पर्ने छ । 

यो कार्यन्वयनमा आए संगै लगानीकर्ताले विरोध जनाउदै आएका हुन् । लगानीकर्ताको ४ वटै संगठनको आइतबार बसेको संयुक्त बैठकले यस समस्या समाधान नभएसम्म राफ साफ नगर्न आग्रह गरेको हो । बैठकपछि संयुक्त बिज्ञप्ति जारि गर्दै संघहरुले समस्या समाधान गर्न सबै सरोकारवालासंग आग्रह गरेको छ । बिज्ञप्तिमा इनभेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकाल र नेपाल पुंजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले हस्ताक्षर गरेका छन् । 

यसको बोधार्थ अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, नेप्से र ब्रोकरसंघलाई समेत पठाईएको छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved