लाभकरको विषय सल्टाउन धितोपत्र बोर्डमा तारान्तार बैठक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2019 | 11:55:33 AM मा प्रकाशित

laxmi  sunrise bank

भारित औसत विधिबाट पुँजीगत लाभकरको गणनाबारे देखिएको विवाद सल्टाउन नेपाल धितोपत्र बोर्ड जुटेको छ । लगानीकर्ता संघहरुले यस बिषयमा बोर्डको ध्यानाकर्षण गराएपछि समस्या सुल्झाउन बोर्ड तातेको हो 

बोर्डले आज आइतबार यस बिषयमा नेप्से रकेन्द्रीय निक्षेप प्रणाली (सिडीएस) र नेप्सेसंग छलफल गर्दै छ । छलफलको लागि नेप्से सीइओ चन्द्र  सिंह साउद र सिडीएसका सीईओ देव प्रकाश गुप्ता बोर्ड पुगी सकेका छन्  । 

यस अघि लगानीकर्ताका संघहरुले सिडीएसलाई विवाद समाधान नभएसम्मको लागि कारोबार राफसाफ रोक्न आग्रह गरेको थियो  । जवाफमा सिडीएसले बोर्डबाट निर्देशन आएको खण्डमा मात्र राफसाफ रोक्न सकिने जनाएको थियो  

उता अर्थ मन्त्रालयबाट पनि यो विषय सल्टाउन ताकेता भईरहेको छ । राजश्व सचिव लाल शंकर घिमिरेले नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेलाई यथा सक्दो छिटो समस्या समाधान गर्न निर्देशन दिएका छन्  । 

लगानीकर्ताहरुले लाभकरको गणना सिडीएसले नै गर्नु पर्ने माग गरेका छन्। शेयर खरिद गरेको प्रमाण पेश गर्न नसक्दा के गर्ने भन्ने बिषय नै अहिलेको मुख्य समस्या हो । त्यस्तो अवस्थामा कट अफ मिति राखेर मूल्य तोकिनु पर्ने लगानीकर्ताहरुको माग छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved