सेयर कारोबारमा ब्रोकर शुल्क घटाउन बोर्डको गृहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2019 | 02:15:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकरले लगानीकर्ताबाट लिने सेवा शुल्क तथा ट्रस्टी ऐन र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा अध्ययन गरि सुझाब पेश गर्न दुई समिति गठन गरेको छ।  

सामूहिक लगानी कोष, शेयर अभौतिकरण र सिडिएससी लगायतको कार्य व्यवस्थित गर्नका लागि बजेटमा भएको व्यवस्था कार्यन्वयन गर्ने गरि बोर्डले ल्याएको कार्यक्रमअनुसार नै काम गर्नलाई बोर्डका नियमन तथा व्यवस्थापन विभाग हेर्ने कार्यकारी निर्देशकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बोर्डले जनाएको छ।  

त्यस्तै बोर्ड, नेप्से र धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (ब्रोकर शुल्क) का सम्बन्धमा समेत अध्ययन गरि प्रतिबेदन तयार गर्नलाई समितिलाई जिम्मेवारी दिईएको छ। 

त्यस्तै मुद्रा तथा पुंजीबजारको समस्या समाधान गर्नलाई सरकारबाट प्राप्त ५८ बुंदे सुझाबमा भएको धितोपत्र व्यवसायीहरुले लगानीकर्ता साक्षरता मा छुट्टयाई खर्च गर्नुपर्ने व्यवस्था सम्बन्धमा सुझाव पेश गर्न बोर्डका नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उप कार्यकारी निर्देशकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । सेयरबजारमा बोर्ड, नेप्से र धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क अन्य देशमा भन्दा महँगो भएको लगानीकर्ताले गुनासो गर्दै आएका छन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved