२ बाणिज्य बैंक सहित ३ कम्पनीको शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 07:54:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार २ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । आज ३ वटा कम्पनीको कुल २ करोड २५ लाख ४६ हजार १ सय ८४ दशमलव ७ कित्ता शेयर सुचिकृत भएको हो ।

आज सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company Limited को ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर, एनआईसी एसिया बैंक NIC Asia Bank Limited को ८८ लाख ३४ हजार २ सय २८ दशमलव ७० कित्ता बोनस शेयर र बैंक अफ काठमाडौँ Bank of Kathmandu Limited को ४८ लाख ३७ हजार ८ सय ६० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved