
नारायणी डेभलपमेन्ट बैंकले शेयर अभौतिकरण नगराएका लगानीकर्तालाई आफ्नो शेयर डिम्याट गराउन आग्रह गरेको छ । कम्पनीले शेयर अभौतिक नगराएका सर्बसाधारण र संस्थापक लगानीकर्तालाई शेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटलमा गई शेयर डिम्याट गराउन आग्रह गरेको हो ।
राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएसंगै हालै मात्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको शेयर कारोबार फुकुवा भएको हो ।
बैंकले हकप्रद शेयर निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन पनि दिएको छ । कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले केही वर्षमै ५० करोड चुक्ता पुजी पुर्याउने योजना बनाएको छ ।