सामाजिक सुरक्षा कोषले पनि संचय कोषले झैँ शेयरमा लगानी गर्न पाउने, तोकियो लिमिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2020 | 05:15:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषलाई शेयर बजारमा लगानी गर्ने बाटो खुलेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा मङ्सिर १० गते बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि–२०७७’ स्वीकृत गरेसंगै कोषलाई शेयर बजारमा लगानी गर्ने बाटो खुलेको हो। 

जस अनुसार कोषले सरकारी ऋणपत्रमा, मुद्दति निक्षेपमा, शेयरबजारमा तथा सामुहिक म्युचुअल फण्डमा समेत लगानी गर्न सक्ने छ।  त्यस्तै कोषले सह वित्तीयकरण कर्जा समेत प्रवाह गर्न सक्ने छ । 

कार्यविधि अनुसार कोषले बैंक, वित्तीय संस्था, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्र वा अन्य सिमित दायित्व भएका कम्पनीको शेयरमा लगानी गर्न सक्ने छ 

कोषले बैंक वा वित्तीय संस्था, नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संस्थाबाट प्रबर्दन गरिएको जलविद्युत उत्पादन तथा प्रसारण परियोजना र मेडिकल कलेज जस्ता सिमित दायित्व भएको कम्पनीमा संस्थापक शेयर,  साधारण शेयर, हकप्रद शेयर र अग्राधिकार शेयरमा लगानी गर्न सक्ने छ  । यसरि लगानी गर्दा कम्पनीले निष्काशन गरेको पुँजीको १५ प्रतिशतभन्दा नबढ्ने गरी लगानी गर्नु पर्ने छ  । 

त्यस्तै कोषले बैंक, वित्तीय संस्था वा सिमित दायित्व भएको कम्पनीले जारि गरेको आईपिओ वा दोस्रो बजारबाट समेत ति शेयर खरिद गर्ने सक्ने छ  । यसरि शेयर खरिद गर्दा भने शेयरको नेट वर्थ अंकित मूल्य भन्दा बढी भए मात्र कोषले शेयर  लगानी गर्न पाउने छ  

त्यस्तै कोषलाई लिलाम बिक्रिको माध्यमबाट खुल्ला भएका सर्बसाधारण र संस्थापक समुहका शेयरमा समेत लगानी गर्ने बाटो खुलेको छ  । त्यस्तै कोषले स्टक डिलरको काम गर्ने गरि सुरक्षण खरिद बिक्रि गर्न सक्ने छ  । कोषले बैंक , वित्तीय संस्था र अन्य सिमित दायित्व भएको कम्पनीले जारी गरेको ऋणपत्रमा पनि लगानी गर्न सक्ने छ  । 

यसरी लगानी गर्नको लागि कोषलाई लिमिट पनि तोकिएको छ

हेर्नुस लिमिट :



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved