७५ करोडको आईपिओ ल्याउन लागेको सिटिजन लाइफले कति पायो रेटिङ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 01:58:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आईपिओ निष्काशनको तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले BBB को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले कम्पनीलाई ट्रिपल बिको इस्युअर रेटिङ प्रदान गरेको हो । यसले मध्यम जोखिम जनाउछ । 

इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा AAA सबैभन्दा उत्तम रेटिङ हो भने D सबैभन्दा कमजोर रेटिङ हो । कम्पनीले  पाएको रेटिङ चौथो उत्तम रेटिङ हो । इस्युअर रेटिङ आईपिओ , हकप्रद वा एफपिओको नभई समग्र कम्पनी कै रेटिङ हो । यसले कम्पनीको समग्र अवस्था जनाउछ । 

हेर्नुस रेटिङको प्रकार : 

 सिटिजन लाइफले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्न लागेको हो । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ । कम्पनीले शेयर निष्काशनको लागि एनआइबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved