नेप्सेका उच्च तहका कर्मचारीको बढुवा तयारी, ५ नयाँ कर्मचारी पनि माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2021 | 10:14:04 AM मा प्रकाशित

laxmi  sunrise bank

कामु दिएर काम चलाईरहेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले कर्मचारीको बढुवा प्रक्रिया सुरु गरेको छ । नेप्सेले कार्य सम्पादन मुल्यांकनबाट हुने बढुवा, आन्तरिक प्रतीयोगीता मार्फत हुने बढुवा र खुला प्रतिस्पर्धाबाट हुने पदपूर्तिको लागि शुक्रबार सार्वजनिक सूचना जारि गरेको छ । 

नेप्सेले कार्य सम्पादन मुल्यांकनबाट १० औ तह (प्रबन्धक) मा एक जना, ९ औ तह (उपप्रबन्धक) मा १ जना, ८ औ तह (सहायक प्रबन्धक) मा ३ जना, ८ औ तह (आईटी सहायक प्रबन्धक) मा १ जना र ७ औ तह (आइटी बरिष्ठ अधिकृत) मा १ जनाको बढुवा गर्न लागेको हो । यसको लागि नेप्सेले तोकिएको शुल्क तिरी ३० दिन भित्र आवेदन दिन आग्रह गरेको छ 

त्यस्तै नेप्सेले आन्तरिक प्रतियोगिता मार्फत १० औ तह (प्रबन्धक) मा १ जना र ८ औ तह (सहायक प्रबन्धक) मा ३ जनाको बढुवा गर्ने भएको छ । 

यसको अलावा नेप्सेले खुला प्रतिस्पर्धाबाट ५ जनाको पदपूर्ति गर्ने भएको छ । जस अनुसार नेप्सेले ८ औ तह (सहायक प्रबन्धक) पदमा एक जना, छैठौ तह (अधिकृत) पदमा ३ जना,  छैठौ तह (आइटी अधिकृत) पदमा १ जना कर्मचारी माग गरेको हो । जस मध्ये ८ औ तह (सहायक प्रबन्धक) मा महिला नियुक्त हुने र छैठौ तह (अधिकृत) पदका ३ जना मध्ये १ जना महिला नियुक्त हुने नेप्सेले जनाएको छ । नेप्सेले आन्तरिक प्रतियोगिता र खुला प्रतिस्पर्धामा सहभागी हुन् चाहनेलाई २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ

हाल नेप्सेमा ५७ जनाको दरबन्दी कायम रहेको छ । जसमा ११ औ तहमा १ जना, १० औ तहमा २ जना, ९ औ तहमा ४ जना, ८ औ तहमा ९ जना रहने उल्लेख छ । त्यस्तै ५ जना कार्यालय सहयोगीको दरबन्दी भएको छ 

हाल नेप्सेमा ११ औ र १० औ तहमा कोहि पनि कर्मचारी छैनन् । तह ११ भनेको नायब प्रमुख कार्यकारी अधिकृतको पद हो । एक तह कममा कर्मचारीलाई कायम मुकायम दिएर नेप्सेले काम चलाई रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved