बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाबारे धितोपत्र बोर्डले दियो जवाफ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2021 | 11:12:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज नेप्सेले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाबारे राखेको प्रस्तावको जवाफ दिएको छ। बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाबारे नेप्सेले बुझाएको प्रस्तावको बारेमा आफुहरुले जवाफ दिएको बोर्डले जनाएको छ। 

बोर्डका कार्यकारी निर्देशक समेत रहेका प्रवक्ता निरज गिरिले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाबारे नेप्सेले राखेको राखेको प्रस्तावबारे आफुहरुले जवाफ पठाएको बताएका छन्। 

"बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रियाबारे नेप्सेले राखेको प्रस्ताव सम्बन्धमा हामीले दुई साता अगाडी नै जवाफ पठाईसकेका छौं" प्रवक्ता गिरिले भने, "बोर्डले पठाएको जवाफमा नयाँ ब्रोकर थप्नेबारे अर्थसमितिले दिएको प्रतिवेदनमा यी कुराहरु भएका छन् कि छैनन् भन्ने कुरा सोधेका छौं, तर कसलाई दिने वा नदिने भन्नेबारे केहि भनेका छैनौं।"

ब्रोकर लाइसेन्स थप्ने बिषयमा पहिल्यैदेखि छलफल चलिरहेको बताउदै प्रवक्ता गिरिले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया सोध्दै गर्दा अर्थसमितिको प्रतिबेदन सम्बोधन हुन्छ कि हुदैन भन्ने कुरा नेप्सेसँग सोधिएको बिजपाटीलाई बताए। 

आफुहरुले अर्थसमितिले दिएको प्रतिबेदन अनुसार अहिलेसम्म के कति प्रगति भएका छन् भन्ने प्रश्नसहित नेप्सेलाई जवाफ पठाएको उनले बताए। तर बैंकलाई नै ब्रोकर लाइसेन्स देउ भन्नेबारे आफुहरुले कहीं कतै केहि जवाफ नपठाएको र कहीं कतै औपचारिक रुपमा नबोलेको बताए। 

बैंकलाई ब्रोकर लाइसेन्स दिनेबारे अन्तराष्ट्रिय अभ्यासबारे नेप्सेले राखेको जिज्ञासामा बैंकलाई ब्रोकर लाइसेन्स दिने अभ्यास रहेको जवाफ दिईएको उनले बताए।

अर्थसमिति सदस्यसँग धितोपत्र बोर्डका अधिकारिहरुले बंगलादेशको ढाका, भारतको मुम्बई र श्रीलंकाको स्टक एक्सचेन्ज भ्रमण गर्दा त्यहाँ पनि बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने अभ्यास रहेको र दिँदा हुने जवाफ त्यहाँबाट पनि आएको भन्ने बिषय पनि नेप्सेलाई लेखिएको जवाफमा उल्लेख गरिएको प्रवक्ता गिरिले बताए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved